लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लाेसपाले ‘लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष’ बनाउने

काठमाडौं, २८ जेठ । ‘सुदृढ तथा शिक्षित समाज निमार्णमा हातेमालो गरौं’ भन्ने उद्देश्यका साथ लोकतान्त्रिक समाजवादी पार्टीले सहीद सन्तति वृत्ति कोषको स्थापना गरेका छन् ।

 

सो पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रले मधेस आन्दोलनको समयमा सहादत प्राप्त वीर सहीदका सन्तानहरूको शिक्षामा योगदान पुगोस् भन्ने उद्देश्यका साथ ५१ हजार रकम प्रदान गरि सो कोष स्थापनाको घोषणा गरेका हुन्।

महासचिव मिश्रले आज पर्न गएको आफ्नो जन्मदिनको अवसर पारी सो वृत्ति कोषको घोषणा गरेका हुन् । महासचिव मिश्रले दिएको जानकारी अनुसार
मधेस आन्दोलनमा सहादत प्राप्त परिवारका बालबालिकाको समुचित शैक्षिक उत्थान एवं सामाजिक समावेशीकरणमा केन्द्रित रहने यो कोष कानुनी सल्लाहमा एक विशेष टिमद्वारा सञ्चालित हुनेछ। ञ

 

‘सहीद परिवारको साथ, सम्पूर्ण समाज’ भन्ने नाराका साथ स्थापित कोषका लागि महासचिव एवं प्रवक्ता मिश्रले व्यक्तिगत तर्फबाट ५१ हजार रूपैँयासहित प्रारम्भिक योगदान घोषणा गरेका छन् ।

 

शहीदहरूको बलिदानको सम्मान यस अभियानप्रति शुभेच्छुक र पार्टीका अन्य सदस्यहरूको समेत सहयोग र सहकार्यको अपेक्षा गरिएको उनले जनाएका छन् ।


प्रकाशित : २०८२ जेष्ठ २८, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप