लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इन्फिनिक्स जीटी–३० प्रो नेपालमा सार्वजनिक, पब्जी इभेन्टका लागि लन्च

स्मार्टफोन निर्माता इन्फिनिक्सले नेपालको बढ्दो मोबाइल गेमिङ बजारलाई लक्षित गर्दै आफ्नो नयाँ स्मार्टफोन ‘जीटी ३० प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले यसको आधिकारिक मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकेको छ।

कम्पनीले यो फोनको सार्वजनिक गर्न कुनै सामान्य कार्यक्रमको सट्टा नेपालको सबैभन्दा ठूलो ईस्पोट्र्स इभेन्टमध्ये एक रोजेको थियो। असार ७ गते (जुन २१) भक्तपुरस्थित इन्फिनिटी लाउन्जमा आयोजित ‘२०२५ पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सीएसए स्प्रिङ फाइनल्स’ को ‘अफलाइन वाच पार्टी’ माझ यो फोन सार्वजनिक गरिएको जनाइएको छ ।

उक्त कार्यक्रममा उपस्थित शीर्ष गेमर्स, स्ट्रिमरहरू र सयौं गेमिङ प्रशंसकहरूले फोनको अनबक्सिङ र लाइभ गेमप्ले समेत हेर्ने अवसर पाएका थिए। इन्फिनिक्सले जीटी–२० प्रो स्मार्टफोनको सफलतापछि त्यसको उत्तराधिकारीको रूपमा जीटी–३० प्रो बजारमा ल्याएको बताएको छ ।

कम्पनीले आफूलाई केवल स्मार्टफोन निर्माता नभई नेपालमा मोबाइल ईस्पोट्र्सलाई प्रवद्र्धन गर्ने पहिलो ब्रान्डको रूपमा चिनाएको पनि दाबी गरेको छ ।  जीटी–३० प्रो विशेषगरी उच्च प्रदर्शन चाहने गेमरहरूका लागि बनाइएको र  यसमा रहेका ‘जीटी ट्रिगर’ बटनहरूले कन्सोलमा जस्तै गेमिङ अनुभव दिने कम्पनीको दाबी छ। यसको ‘मेकानिकल लाइट वेभ डिजाइन’ ले फोनलाई आकर्षक देखाउने जनाइएको छ।

के छ यसको प्रमुख विशेषता?
प्रोसेसर : यसमा शक्तिशाली डाइमेन्सिटी ८३५० अल्टिमेट चिपसेट प्रयोग गरिएको छ, जसले ५.५जी नेटवर्क सपोर्ट गर्छ।

मेमोरी : १६ जीबी रयाम (८ जीबी बिल्ट–इन + ८ जीबी भर्चुअल) र २५६ जीबी आन्तरिक स्टोरेज रहेको छ, जसले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ।

डिस्प्ले : १४४ हर्जको उच्च रिफ्रेस रेट भएको १.५के एमोलेड स्क्रिनले जीवन्त र सहज दृश्य अनुभव प्रदान गर्छ।

ब्याट्री र चार्जिङ : ५००० एमएएच क्षमताको ब्याट्रीलाई छिटो चार्ज गर्न ४५ वाटको फास्ट चार्जिङ र ३० वाटको वायरलेस चार्जिङ सुविधा दिइएको छ।

क्यामेरा : फोटोग्राफीका लागि १०८ मेगापिक्सेलको मुख्य रियर क्यामेरा र सेल्फीका लागि १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।

अपरेटिङ सिस्टम : यो फोन एन्ड्रोइड १५ मा आधारित एक्सओएस १५ मा चल्छ।

वारेन्टी : कम्पनीले फोनमा १५ महिनाको वारेन्टी उपलब्ध गराएको छ।

यो फोन ‘स्याडो एस’, ‘ब्लेड ह्वाइट’ र ‘डार्क फ्लेयर’ गरी तीन आकर्षक रङमा नेपालभरका आधिकारिक विक्रेताहरू र अनलाइन स्टोरहरूमा उपलब्ध छ।


प्रकाशित : २०८२ असार ८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप