लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अमेरिकाले शरणार्थी बनाएर लैजान थाल्यो दक्षिण अफ्रिकी श्वेतहरूलाई

अमेरिकाले दक्षिण अफ्रिकी श्वेतहरूलाई शरणार्थी बनाएर आफ्नो देशमा ल्याउन थालेको छ।

दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्ने घोषणा गरेका थिए।

त्यसअनुसार आइतबार ४९ जना दक्षिण अफ्रिकी श्वेतहरू जोहानेसबर्गस्थित ओआर अन्तर्राष्ट्रिय विमानस्थलबाट वाशिङ्टन उडेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

उनीहरू भारी लगेजसहित विमानस्थलमा प्रवेशका लागि लामबद्ध भएका थिए। त्यहाँ उपस्थित पत्रकारहरूले उनीहरूलाई प्रश्न गर्दा दूतावासले मिडियासँग नबोल्नू भनेको जबाफ दिएका थिए।  उनीहरू आफै पनि एक-अर्कासँग सानो स्वरमा बोलिरहेका थिए।

दक्षिण अफ्रिकाको विमानस्थल प्राधिकरणले ४९ जना बोर्डिङ भएको जानकारी दिएको छ। उनीहरु सोमबार बिहानसम्म वाशिङ्टन पुग्ने ती प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

न्युयोर्क टाइम्सका अनुसार वाशिङ्टनमा उनीहरूको सहायताका लागि अमेरिकी प्रतिनिधिहरू रहनेछन्।

जोहानेसबर्गमा बस्दै आइरहेका ५२ वर्षीय भान डेर मर्वीले बुद्धि भएकाहरू अब दक्षिण अफ्रिकामा नबस्ने बताए। उनले आफू र श्रीमतीको जागिर खोसिएको र अश्वेतहरुको आक्रमणमा परेको बताएका छन्।

‘गोरा भएकै कारण हामीले जागिर गुमायौं। मलाई लाग्छ अब दक्षिण अफ्रिका सिद्धिन्छ,’ उनले भनेका छन्। आफूले पनि शरणार्थी बनेर अमेरिका जानका लागि दूतावासमा निवेदन दिएको तर त्यसको जबाफ आइनसकेको उनले बताएका छन्।

Nchl
Ncell

ट्रम्पले अन्यायमा परेकाहरू अमेरिका आउन सक्ने बताएपछि गत महिना ६७ हजारभन्दा बढी श्वेतहरूले दूतावासमा आवेदन दिएका थिए। दक्षिण अफ्रिकाको विदेश विभागले अहिलेसम्म ८ हजारभन्दा बढी मानिसहरूबारे सोधपुछ भएको बताएको छ।

अब अर्को पटक कहिले र कति जनालाई बोलाउँछ भन्ने यकिन नभएको पनि विभागका अधिकारीले बताएका छन्।

ट्रम्पले सुडान र कंगोजस्ता ठाउँहरूबाट अनिकाल र युद्धबाट भागेका मानिसहरूलाई चाहिँ प्रवेश रोक लगाएर दक्षिण अफ्रिकीहरूलाई भित्र्याएको भनेर आलोचना भएको छ। यसले सबैभन्दा कमजोरहरूलाई मद्दत गर्न बनाइएको आप्रवासी नीतिको उपहास गरेको बताइएको छ।

साथै यसले पहिल्यै विवाद रहेको अमेरका र दक्षिण अफ्रिकाको सम्बन्ध थप तनावपूर्ण बनेको न्युयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पले फेब्रुअरी ७ मा दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। उनले सिमान्तकृत बनाइएका दक्षिण अफ्रिकी श्वेतहरूमाथि अन्याय गरेको भनेर उनले त्यहाँ सहायता रोक्ने निर्णय गरेका थिए।

त्यसपछि विदेशमन्त्री मार्को रूबिओ र गृहमन्त्री कृष्टि नोइमलाई ‘पिडित श्वेतहरू’ लाई शरणार्थी कार्यक्रममा अमेरिकामा पुनर्वास गर्ने व्यवस्था गर्न निर्देशन दिएका थिए।

दक्षिण अफ्रिकाको ६ करोड २० लाख जनसंख्यामध्ये श्वेतहरूको संख्या २७ लाख रहेको बताइएको छ।

ट्रम्पले पछिल्लो समय दक्षिण अफ्रिकाले भूमी अधिग्रहण कानुनहरुबाट त्यहाँको सिमान्तकृत श्वेतहरूमाथि अन्याय गरेको, उनीहरूको जमिन कब्जा गरिएको आरोप लगाउँदै आएका छन्। दक्षिण अफ्रिकाले भने ट्रम्पले भनेजस्तो नगरिएको बताउँदै आएको छ।

न्युयोर्क टाइम्सले दक्षिण अफ्रिकामा श्वेतहरू कुल जनसंख्याको ७ प्रतिशतमात्रै रहे पनि तिनिहरूसँग देशको लगभग आधा भाग ओगटेको कृषि भूमि रहेको जनाएको छ।

ट्रम्म दक्षिण अफ्रिका इरानसँग नजिक रहेको, गजामा नरसंहार गरेको भनेर दक्षिण अफ्रिकाले इसराइलविरूद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेको भनेर रुष्ट छन्।


प्रकाशित : २०८२ असार १२, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप