लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नेपालमा ‘म्याङ्गो फेस्ट’ हुँदै

नेपाली आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट– २०२५ (आँप महोत्सव) अयोजना हुने भएको छ।

फेस्टिभलमा नेपाली आँपको स्वाद लिनका साथै खरिद समेत गर्न सकिने आयोजकले जनाएको छ।

तराई मधेशमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको उद्घाटन शुक्रबार हुनेछ।

वालनट बिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा गरिएको हो।

फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य श्रृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ।

प्रदर्शनीमा ग्राहकले १० भन्दा बढी प्रजातिका आँपहरू पाउँनेछन्।

साथै आँपका परिकारको पनि स्वाद लिन पाइनेछ।

Nchl
Ncell

म्याङ्गो फेस्टिभल आइतबारसम्म चल्नेछ।

लाजिम्पाटको वाल्नट बिस्ट्रोका साथै स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा फेस्टिभल चल्नेछ।

यी तीनवटै रेस्टुरेन्टहरुले विशेष म्याङ्गो मेनुहरू र रेसिपीहरू प्रस्तुत गर्दै फेस्टिभललाई भव्य बनाउने तयारी गरेका छन्।


प्रकाशित : २०८२ असार १२, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप