लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रास्वपा सांसद सुमनाको प्रस्ताव- निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक बनाऔं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक संस्था बनाउनुपर्ने प्रस्ताव गरेकी छन्।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै उनले निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक र लोककल्याणकारीमा परिणत गर्नुपर्ने बताइन्।

‘यो ऐन प्रारम्भ भएको मितिले १५ वर्षपछि नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालय क्रमशः गैरनाफामूलक र लोककल्याणकारी सेवामूलक विद्यालयको रूपमा रहनेछन् भनेर लेख्नुपर्छ,’ उनले भनिन्। उनले १५ वर्ष विद्यार्थीको हित र बैंक ऋणका हिसाबले पनि ठीक रहेको बताइन्।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउन संविधानको स्प्रिट नै रहेको जानकारी गराउँदै उनले उक्त विषय विधेयकमा समेट्न माग गरिन्। ‘शिक्षा क्षेत्रलाई गैरनाफामूलक बनाउनुपर्छ। संविधानले पनि शिक्षालाई गैरनाफामूलक बनाउनुपर्छ भन्छ। संविधानलाई मान्ने हो भने स्वास्थ्य र शिक्षामा नाफा कमाउन पाइँदैन। कि संविधान परिवर्तन गरौं,’ उनले भनिन्।

उनले आफ्नो प्रस्ताव राष्ट्रियकरण नभई गैरनाफामूलक रहेको प्रस्ट पारेकी थिइन्। ‘मैले यसलाई राष्ट्रियकरण बनाउँ भनेको होइन। गैरनाफामूलक र लोककल्याणकारी बनाउ भनेको हुँ,’ उनले भनिन्। उनले निजी शिक्षा क्षेत्र धेरै शक्तिशाली रहेको र यसअघि महत्त्वपूर्ण धेरै प्रतिवेदनहरू गायब बनाएको आरोपसमेत लगाएकी थिइन्।


प्रकाशित : २०८२ असार १२, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप