लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जुम्लामा बाढीपहिरोले १२ सयभन्दा बढी भेडा बगायो

जुम्ला । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका – ८ राक्से पाटनमा भेडाको बथानमा बाढीपहिरो गएको छ । बर्षातका कारण आएको बाढीपहिरोले बथान नै बगाएको हो ।

स्थानीय किसान सर्पराज रावतलगायत ८ जनाको भेडाको बथान बाढीपहिरोले बगाएको हो । अहिलेसम्म २२ ओटा भेडा मरेको भेटिएका छन् । अरु भेडाबाख्रा बाढीपहिरोले बेपत्ता बनाएको तातोपानी – ७ का वडाध्यक्ष तिलक रावतले बताए । उनका अनुसार बगाएका भेडाको सङ्ख्या करिब १२ सय वटाको भेडाको बथान रहेको जानकारी प्राप्त भएको छ ।

घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तीबाट ५/६ घण्टा पैदल दूरीमा पश्चिम पर्दछ । प्रहरी टोली खटिने र त्यसपछि मात्र एकिन हुने वडाध्यक्ष रावतले बताए


प्रकाशित : २०८२ असार १७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप