लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ब्रोइलर कुखुराका चल्ला बेचेर वार्षिक तीन लाख आम्दानी

बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छन् । उनले दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रूपमा ब्रोइलर कुखुरापालन शुरू गरेकी हुन् ।  पटक–पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरिन् ।

हाल वर्षमा ६ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताइन् । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिइन् ।

लगनका साथ काम गरेमा सफलता हासिल हुने उनले बताइन् । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सुझाउँछिन् । सहकारीको सहयोगको पनि उनले सराहना गरिन् ।


प्रकाशित : २०८२ असार २०, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप