लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू-१६ इस्ट जोन कपको उपाधि

एसिसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता २०२५ को उपाधि नेपालले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले चौथोपटक उपाधि जितेको हो ।

फाइनलमा सिंगापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपालका लागि जोय थापाले ५३ बलमा तीन चौकासहित सर्वाधिक २४ रन बनाए ।

यस्तै, सिंवन्स बजगाईंले २०, शुभम खनालले १८, प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले अविजित १० रनको योगदान दिए । सिंगापुरका लागि कपिश वेंकटरमनले ६ ओभरमा १८ रन दिएर सर्वाधिक चार विकेट लिए ।

त्यसअघि मलेसियाको युकेएम वाइएसडी ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रनमा अलआउट भयो ।

उसका लागि रोहन अस्टिन अरुणले २३, रियान नाइकले १५, बेदानाश गुप्ताले १२ र आकाश तेजाले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

सिंगापुरलाई कम स्कोरमा अलआउट गर्नेक्रममा अभय यादव र सुशीलकुमार रावलले तीन/तीन तथा शुभम खनालले दुई तथा कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिए ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।


प्रकाशित : २०८२ असार २१, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप