लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

 

इस्तानबुल, १६ साउन । टर्किकी सबैभन्दा वृद्ध महिला मानिने होदी गुरकानको हालै निधन भएको छ ।

 

निधन हुदाँ उनको उमेर १३१ वर्ष थियो। उनले दक्षिण–पूर्वी टर्किको सानलिउर्फा प्रान्तको विरानसेहिर जिल्लाको बिनेक्ली भन्ने ग्रामीण इलाकामा अन्तिम श्वाँस लिइन् । गुर्कनको नाम आधिकारिक जनसंख्या रेकर्डमा रेकर्ड गरिएको छ र जस अनुसार उनको जन्म १ जुलाई १८९४ मा भएको थियो।

 

टर्की टुडेको समाचार अनुसार उनले आफ्नो जीवनमा टर्की इतिहासका धेरै महत्त्वपूर्ण चरणहरू देखेकी थिइन् । ओटोमन साम्राज्यको अन्तिम वर्ष टर्कीको स्वतन्त्रता युद्ध, आधुनिक गणतन्त्र, अता तुर्कको स्थापना र त्यसपछि नयाँ युगको उदय सबै देख्न र भोग्न पाएकी एक मात्र जिवित महिला थिइन् ।

होडी गुर्कनले आफ्नो सम्पूर्ण जीवन बिनेक्ली जन्मेको गाउँमा बिताइन् । यो गाउँ विरानसेहिर शहरबाट करिब ३५ किलोमिटर टाढा रहेको छ । उनले कुल ७ सन्तानलाई जन्म दिइन्, धेरै पुस्ताहरूमा आफ्नो परिवार फैलाइन्  । आज उनको परिवारमा ११० जना नातिनातिना छन् र अझ धेरै पनाति पनातिनाहरू पनि रहेका छन ।

 

गाउँलेहरूका लागि उनी बुढी महिला मात्र नभई इतिहासको जिउँदो किताब थिइन्। उनको ज्ञान, अनुभव र पारिवारिक मार्गदर्शनले उनलाई धेरै सम्मानित स्थान प्राप्त थियो ।

 

गुर्कन उनको गाउँमा सम्मानित र प्रेरणादायी व्यक्तित्व थिइन्। उनको उमेर र अनुभवले उनलाई समाजमा महत्त्वपूर्ण स्थान दिएको छ। उनको अन्तिम यात्रा बिनाकेलीको समाधिस्थलमा भएको थियो, जसमा परिवारका सदस्य र स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको थियो ।

 

होदी गुर्कनको जन्म त्यो युगमा भएको थियो जब टर्कीमा ओटोमन साम्राज्यको शासन थियो। उनले टर्कीको स्वतन्त्रताको संघर्ष, नयाँ गणतन्त्रको गठन र आधुनिक युगको लामो यात्राको साक्षी थिइन । उनको जीवन यात्राले टर्कीको इतिहासमा धेरै महत्त्वपूर्ण घटनाहरू देख्न पाएको छ ।

 


प्रकाशित : २०८२ श्रावण १६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप