लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पेटको बोसो बढ्नु कति खतरनाक छ ?, नियन्त्रण गर्न अपनाउनुहोस् यी उपाय

सुर्खेत l  आफ्नो छवि र फिटनेसबारे सचेत युवाहरू यसबारे चिन्तित हुन्छन्।धेरै मानिस आफ्नो बढ्दो पेट कम गर्न जिमको सहारा लिन्छन्। तर केही मानिस यसमा धेरै ध्यान दिँदैनन्।यो अतिरिक्त बोसोलाई सामान्यतया बेली फ्याट, पेटको बोसो वा बियर बेली पनि भनिन्छ।

पेट वरिपरि बोसो बढेको कारणले गर्दा मानिसहरू प्रायः आफ्नो रोजाइको लुगा आरामसँग लगाउन असमर्थ हुन्छन्।यद्यपि यसको प्रभाव केवल रोजेको लुगा लगाउनुमा मात्र सीमित छैन। पेटको बोसो  स्वास्थ्यका लागि धेरै तरिकाले हानिकारक साबित हुन सक्छ।

यसले टाइप २ मधुमेह र मुटु रोगको जोखिम पनि बढाउँछ।हार्वर्ड विश्वविद्यालयमा प्रकाशित अनुसन्धानले पेटको बोसोले साइटोकाइन नामक एक प्रकारको प्रोटिनको उत्पादन बढाउनले देखाएको छ। यसले शरीरमा सुजन निम्त्याउन सक्छ भन्ने देखाएको छ।

यो पेटको बोसोले एन्जियोटेन्सिन भनिने अर्को प्रोटिनको उत्पादन बढाउँछ। यसले गर्दा रक्तनलीहरू संकुचित हुन्छन् र रक्तचाप बढ्छ।यसले डिमेन्सिया, दम र केही क्यान्सरको जोखिम पनि बढाउँछ।

दिल्लीको फोर्टिस एस्कर्ट्स अस्पतालका वरिष्ठ हृदयरोग विशेषज्ञ डा. शिवकुमार चौधरीले पेट वरिपरि जम्मा भएको बोसो शरीरको अन्य भागमा जम्मा भएको बोसो भन्दा धेरै खतरनाक हुने बताए।डा. चौधरी बताउँछन्, ‘जब पेटको बोसोका कोषहरू टुट्छन् वा नष्ट हुन्छन्। यीनीहरूबाट धेरै प्रकारका विषाक्त तत्त्व निस्कन्छन्। यी तत्त्वले मुटुको धमनीमा सुजन बढाउँछन्। यसले मुटु रोगको जोखिम बढाउँछ। यसले शरीरमा इन्सुलिन प्रतिरोध पनि बढाउँछ। जसका कारण मधुमेहको जोखिम पनि बढ्न सक्छ।’

विज्ञहरूका अनुसार पेटको बोसो बढ्नुको पछाडि धेरै कारण छन्। जस्तै आनुवंशिक प्रवृत्ति, हार्मोनल परिवर्तन, उमेर, अधिक तौल र रजोनिवृत्ति।यसबाहेक, असंतुलित जीवनशैली, अनियमित दिनचर्या र असंतुलित आहार पनि यसको कारण हुन सक्छ।सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ बानी अपनाएर समयमै पेटको बोसो नियन्त्रण गर्न सकिने स्वास्थ्य विज्ञहरूको सल्लाह छ।पेटको बोसो घटाउन केही कुराहरूमा ध्यान दिनु आवश्यक छ।

१. बेलुकाको खाना र सुत्ने समयको भिन्नता
सुत्नुभन्दा करिब दुईदेखि तीन घण्टा अगाडि केही नखानुहोस्। दिनभरि खाएको खानाले दैनिक गतिविधिका लागि क्यालोरीहरू प्रयोग गर्दछ र ऊर्जाका लागि प्रयोग गर्दछ।तर खाना खाएपछि यी क्यालोरीहरू प्रयोग हुँदैनन्।त्यसपछि यो बोसोको रूपमा जम्मा हुन्छ र तौल बढ्न थाल्छ।

२. सन्तुलित आहार खानुहोस्
विज्ञहरूले खानामा बढी फाइबर लिइयो भने  लामो समयसम्म भोक नलाग्ने बताए।  खानामा फाइबर छ भने खानासँगै पेटमा रहन्छ। यसले पेटबाट आन्द्रामा खाना सर्ने गतिलाई सुस्त बनाउँछ।यसको अर्थ लामो समयसम्म पेट भरिएको महसुस हुन्छ।

खानामा प्रोटिनको प्रयोग गर्नुहोस्। प्रोटिनले पेटलाई लामो समयसम्म भरिएको महसुस गराउँछ। यसले गर्दा बारम्बार केही खाने इच्छा कम हुन्छ।यसका अतिरिक्त यसले भोक बढाउने हर्मोन अर्थात् घ्रेलिनको स्तर घटाउँछ र खानाको तृष्णालाई नियन्त्रण गर्छ।

प्रोटिनले शरीरको मांसपेशीलाई बलियो बनाउँछ र मेटाबोलिज्मलाई पनि गति दिन्छ। यसले गर्दा क्यालोरी जलाउने क्षमता बढ्छ।आफ्नो दैनिक आहारमा अण्डा, दाल, दूध, चीज, दही, माछा, कुखुरा र सोया जस्ता प्रोटिनयुक्त खानेकुरा प्रयोग गर्नुहोस्।

३. अल्ट्रा–प्रशोधित खाना र परिष्कृत कार्बोहाइड्रेटबाट टाढा रहनुहोस्
सेतो ब्रेड, चिप्स र क्र्याकर जस्ता चीजमा करिब कुनै फाइबर हुँदैन। यसले गर्दा यी चाँडै पच्छन् र अचानक रगतमा चिनीको स्तर बढाउन सक्छन्।रगतमा चिनीको तीव्र उतारचढावले भोक बढाउने मात्र नभइ तौल बढ्ने र टाइप–२ मधुमेह जस्ता रोगको जोखिम पनि बढाउँछ।

त्यसकारण यी खानेकुरालाई होल ग्रेन ब्रेड, रोस्टेड स्न्याक्स, फलफूल र बदाम जस्ता स्वस्थकर खानेकुराले बदल्नु राम्रो हुन्छ।चिनी र क्यालोरी बढी भएका खानेकुराबाट बच्नुहोस्। मदिरा सेवन सीमित गर्नुहोस् र धूम्रपान बन्द गर्नुहोस्।

४. निद्रा पूरा गर्नुहोस्
निद्रा पर्याप्त भएन भने भोक हर्मोनलाई असर गर्न सक्छ। यसले गर्दा थप खानाको चाहना हुन्छ।लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार निद्राको कमीले पेटमा उत्पादन हुने घ्रेलिन नामक हर्मोन बढ्छ। यसले भोक बढाउँछ।

विज्ञहरूले तनाव नलिन र तनाव व्यवस्थापन गर्न सुझाव दिए। तनावले रगतमा तनाव हर्मोन कोर्टिसोल निस्कासन गर्छ।

५. शारीरिक रूपमा सक्रिय रहनुहोस्
शारीरिक व्यायाम र सक्रिय रहनाले क्यालोरीहरू जल्छन्। यसले विशेष गरी पेटको बोसो घटाउन मद्दत गर्दछ।नियमित रूपमा तेज हिँडाइ, दौड, साइकल चलाउने, पौडी खेल्ने वा योगा गर्नाले बोसो घटाउने मात्र नभइ मेटाबोलिज्मलाई पनि गति दिन्छ।

व्यायामले मांसपेशीहरूलाई बलियो बनाउँछ। यसले मुटुलाई स्वस्थ राख्छ। पेट वरिपरि जम्मा भएको बोसो घटाउनाले मधुमेह, उच्च रक्तचाप र मुटु रोगको जोखिम पनि कम हुन्छ।


प्रकाशित : २०८२ श्रावण २६, सोमबार : प्रकाशित

ताजा समाचार
  • रुग्ण आयोजनामाथि कुलमान घिसिङको एकपछि अर्को ‘एक्सन’, २९० ठूला आयोजनाको ठेक्का तोडिँदै वर्णन संवाददाता मंसिर ८, २०८२ सोमबार ०८:०६ काठमाडौं । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको मन्त्री बनेका कुलमान घिसिङले वर्षौँदेखि अलपत्र परेका विकास आयोजना छिटोछरितो अघि नबढेको भन्दै ठेक्का तोड्ने प्रक्रियालाई तीव्र बनाएका छन्। सडक, सिँचाइ र भवन निर्माणका २९० रुग्ण आयोजनाको ठेक्का तोड्ने सरकारी प्रक्रिया अगाडि बढाइएको छ। मन्त्रालयका मातहतका विभागहरूले करिब एक दशकदेखि अधुरा रहेका करार सम्झौतामाथि १५ दिने सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्यको बाटो खुलेको जानकारी दिएका छन्। सार्वजनिक खरिद ऐन २०६३ ले ठेकेदारलाई प्रगति नदेखिएको अवस्थामा स्पष्टीकरण दिनुपर्ने प्रावधान राखेको छ। यही प्रावधानअनुसार सूचना जारी गर्दै ठेक्का तोड्न प्रक्रिया अगाडि बढाइएको हो। मन्त्री घिसिङले ‘वर्षौँदेखि थन्किएका आयोजना अब जसोतसो टुंगो लगाउनैपर्ने’ निर्देशन दिएपछि विभागहरूले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका हुन्। सडक तथा पुल विकास आयोजनाहरूमा मात्रै २२९, भवन निर्माणमा ४२ र सिँचाइ क्षेत्रका १९ आयोजना रुग्ण करार गरिएका छन्। सडक विभागले काठमाडौं क्षेत्रमा मात्रै २५ ठेक्काको करार अन्त्य गरिसकेको छ। विभिन्न डिभिजन कार्यालयहरूले थप ८४ ठेक्कामाथि सूचना जारी गरिसकेका छन्। विभागका अनुसार निर्माण व्यवसायीको लापरबाही, म्याद थपेर पनि काम नगर्ने प्रवृत्ति र सरकारी संयोजनको कमजोरी मिश्रित कारणका रूपमा देखिएका छन्। साना ठेक्का सम्बन्धित कार्यालयमै टुंग्याइने र ठूला ठेक्का विभागले सम्हाल्ने व्यवस्था रहेकाले स्थानीय कार्यालयहरूले आफूअनुकूल कारबाही अघि बढाइरहेका छन्। सहरी विकास तथा भवन विभागले ४२ रुग्ण ठेक्का चयन गरी ३७ ठेक्का तोड्ने प्रक्रियामा अघि बढाएको छ। दुई वर्षमा सकिनुपर्ने काम ८(१० वर्षमा पनि पूरा हुन नसकेका उदाहरण प्रशस्तै छन्। विभागका अनुसार ‘जे जवाफ आए पनि’ यस्ता ठेक्का अब नयाँ ढंगले टुंगो लगाउने तयारी छ।

  • खोज खबर बिसेष
    थप