लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

जनकपुरमा पत्रकार र वकिल बिच झडप, तीन पत्रकार घाईते

 

जनकपुरधाम, २७ साउन। नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कानुन अनुरुप २० वर्षका लागि लिजमा लिएको जग्गामा नेपाल बार एशोसिएसन जनकपुरले अनावश्यक रुपमा हस्तक्षेप गरेपछि बार र संचारकर्मीहरु बिचमा विवाद सृजना भएको छ ।

 

मंगलबार नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुको कुटपिटबाट पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बनजारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका छन्।

 

जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर ४ स्वर्गव्दारा छेउमा नै रहेको ४ कठठा जग्गा गुठिसंस्थानसँग लिजमा लिएर भवन बनाउने तयारी गरिरहेको अवस्थामा बार एसोसिशएसन जनकपुरधामका अधिवक्तहरुले अवरोध सृजना गरेपछि संचारकर्मीहरु र पत्रकार बिचमा विवाद भएको दुवै पक्ष बिचमा झडपको अवस्था सृजना भएको छ ।

 

सो जग्गा महासंघले प्राप्त गरेपछि अधिवक्ताहरुले सो जग्गामा आफनो गाडी राख्न थालेका थिए ।

 

महासंघले जग्गा प्राप्त पुर्व खाली ठाउ रहेको जग्गा महासंघले जग्गा लिएर भवन निर्माणको लागि जग्गा समाउन थालेपछि उनिहरुले पार्किंग गर्न थालेका थिए ।

 

नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले सो जग्गा आफुहरु रहेको र वैधानिक रुपमा प्राप्त गरेपछि अनावश्यक रुपमा बारले बखेडा सृजना गरेको जानकारी दिए ।


प्रकाशित : २०८२ श्रावण २७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप