लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । नेपाली सेनाको टोली परिचालन गरेर हेटौँडा बजारको मुख्य चोकसम्म सुरक्षा व्यवस्था गरिएको हो ।

हेटौँडा बजारको बुद्ध चोक सिमाचोक क्षेत्रमा सेनाले सुरक्षा व्यवस्था कडा गरेको छ । सेनाको टोलीले बुद्ध चोक क्षेत्र आवतजावत गर्न रोक लगाइएको छ । अस्पताल वा आपत्कालीन कामबाहेक हिँडडुलमा रोक लगाएको छ भने सवारीहरूलाई बजारको मुख्य चोक बाहेक वैकल्पिक मार्ग प्रयोग गर्न सेनाहरू निर्देशन गरिएको छ ।

army hetauda (1)

मुख्य बजार क्षेत्र प्रवेश गर्ने सबै शाखा बाटोमा आवतजावत गर्ने पैदलयात्रुलाई समेत सेनाले रोकेर सोधपुछ गरिरहेको छ । हेटौँडा बजार प्रवेश गर्ने ४ नै सिमानामा सेनाको टोली खटाइएको छ । पूर्वतर्फ कान्ति राजपथ स्थित कृषि विकास बैंकमा नै सवारी साधन र सर्वसाधारणलाई रोकिएको छ भने दक्षिण तर्फ बाइपास रोडबाट प्रवेश रोकिएको छ ।

उत्तरमा चौकीटोल ओरालो (उद्योग वाणिज्य सङ्घ मकवानपुर)बाट बजार प्रवेशमा रोक लगाइएको छ भने पश्चिममा जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेट (चाइना गेट)बाट सवारी तथा सवारी साधनलाई रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार दिउँसो १ बजेबाट जारी गरेको कर्फ्यु आदेश लम्ब्याएको छ । प्रशासन कार्यालयले राति १२ बजेसम्मका लागि लगाएको कर्फ्यु आदेश बुधबार राति १० बजेसम्म कायम रहने गरी सूचना जारी गरेको छ ।


प्रकाशित : २०८२ भाद्र २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप