लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सिंहदरबारभित्र अहिले के भइरहेको छ ?

काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण सिंहदरबारका दर्जनौं मन्त्रालयहरु जलेका छन् । प्रारम्भीक विवरण अनुसार, केही सीमित निकाय बाहेक सबैजसोमा क्षति पुगेको छ ।

एक सुरक्षाकर्मीका अनुसार, सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगोले ध्वस्त हुने क्रममा छ । अहिले पनि प्रधानमन्त्री कार्यालयमा आगो बलिरहेको ती सुरक्षाकर्मीले बताए ।

त्यसबाहेक गृह, ऊर्जा, शिक्षा, परराष्ट्र लगायतका मन्त्रालयमा आगो बलेको थियो । अहिले पनि कतिपय ठाँउमा आगो लागिरहेकाले भित्रको अवस्था थाह हुन नसकेको उनले बताए ।

प्रदर्शनकारीहरुले सबैजसो मन्त्रालय र अरु निकाय र परिसरमा रहेका सवारीसाधनमा आगो लगाएका छन् । संघीय संसदको सिंहदरबारस्थित सचिवालयको कार्यालयमा रहेका सबैजसो गाडी जलेका छन् । प्राय: सबै दलको संसदीय दलको कार्यालयमा क्षति पुगेको छ । एक मन्त्रीको गाडीसमेत जलेको छ ।

प्रदर्शनकारीहरूले नेपाल टेलिभिजनमा प्रवेश गरेर तोडफोड गरेपनि केही कर्मचारीहरुको आग्रहपछि आगजनी गरेनन् । त्यसको ठीक अघिल्तिर रहेको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि प्रदर्शनकारीहरु गएनन् ।

प्रदर्शनकारीहरू पटकपटक रेडियो नेपालको कार्यालयमा प्रवेश गर्न खोजेका थिए, तर त्यहाँका केही कर्मचारीहरूको आग्रह र अनुनय विनयपछि उनीहरु फर्किएका थिए ।

रेडियो नेपालका एक कर्मचारीका अनुसार, प्रदर्शनकारीहरुले लखेटेपछि केही सुरक्षाकर्मीहरु रेडियो नेपालभित्र भागेर लुकेका थिए । पछि कर्मचारीहरुले उनीहरुलाई सर्वसाधारणको लुगा फेरेर उद्धार गरिएको थियो ।

सुरक्षाकर्मीहरुले आफ्नो साथमा रहेका केही हतियारहरु रेडियो नेपालभित्रै लुकाएर कपडा फेरेर फर्किएको ती कर्मचारीले बताए ।

अहिले सिंहदरबार परिसरमा नेपाली सेनाको टोलीले गस्ती गरिरहेको छ । सर्वसाधारण र कर्मचारीलाई समेत प्रवेशमा रोक लगाइएको छ । मुख्य भवन र केही कार्यालयहरुबाट अहिले पनि आगो दन्किरहेको छ । ती कर्मचारी भन्छन्, ‘दमकल आएर पानीको फोहोरा फालिरहे पनि आगो निभेको छैन ।’


प्रकाशित : २०८२ भाद्र २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप