लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जेनजी समूहमा फुट: सरकारको नेतृत्वमा कुलमानलाई अघि सार्ने निर्णय

काठमाडौं । जारी राजनीतिक संकटको समाधानका लागि जेनजी नेपालको अर्को समूहले अन्तरिम मन्त्रिपरिषद्‌को नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने हाम्रो आन्दोलन अभूतपूर्व सफलताको चरणमा पुगेको छ। जेन–जी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउनेछ ।’

जेनजी नेपालका अनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई प्रमुख उम्मेदवारका रूपमा हेरिएको थियो । तर, उनले प्रक्रियामा रुचि नदेखाएको कारण अन्य विकल्प खोजिएको हो । त्यस्तै, धरानका मेयर हर्क साम्पाङको नाम पनि छलफलमा आए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून ठहरिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजोको भर्चुअल छलफलमा समर्थन देखिए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार गरिसकेको कारण उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ ।

यी सबै छलफलपछि कुलमान घिसिङकै नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय भएको जेन–जी नेपालले जनाएको छ ।

तर, जेनजीको मूल पक्षले भने सुशीला कार्कीलाई सिफारिस गरेको छ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि कार्कीलाई समर्थन गरेका छन् । कार्की सैनिक मुख्यालय गएकी छन् ।


प्रकाशित : २०८२ भाद्र २६, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप