लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘राष्ट्रपति सार्वजनिक गर’ भन्दै प्रदर्शन

काठमाडौं : मुलुकमा जारी राजनीतिक संकटका बीच काठमाडौंको बबरमहल र नयाँ बानेश्वरमा राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन भएको छ।

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका हुन्। जसमा नेविसंघका पूर्वनेता शिव रिमालको समूहले ‘राष्ट्रपतिलाई सार्वजनिक गर्न’ माग गर्यो।

जेन-जी आन्दोलनले अन्तरिम सरकार गठनको माग गरिरहेका बेला प्रमुख दलका कार्यकर्ताहरू वर्तमान संविधान र व्यवस्थाको पक्षमा सडकमा उत्रिएका हुन्।

उनीहरूले ‘सैनिक शासन चाहिँदैन, संविधान मास्न पाइँदैन’, ‘विदेशी हस्तक्षेप मुर्दाबाद’, ‘राष्ट्रपति  सार्वजनिक गर’ जस्ता नारा लगाउँदै बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए।

जेन-जी आन्दोलनका क्रममा भएको नरसंहारको दोष पूर्ववर्ती एमाले-कांग्रेस गठबन्धनलाई लगाइरहेको अवस्थामा ती दलका कार्यकर्ताहरूले संविधान रक्षाको माग गर्दै सडकमा आएका हुन्।

प्रदर्शनस्थलमा खटिएका नेपाली सेनाका जवानहरूले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रहन र प्रदर्शन नगर्न आग्रह गरेको छन्।


प्रकाशित : २०८२ भाद्र २६, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप