लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा ६ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाको अवज्ञा गरेको कसुरमा ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा निषेधाज्ञा पालना नगरी हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।

‎‎पक्राउ पर्नेमा जुम्लाका बद्री बोहोरा, सुर्खेत विजौराका मोहन थापा, कालिकोटको पचालझरनाका महेश बुढाथोकी, तिलागुफाका प्रेम कुँवर, शुभकालिकाका पुष्पराज शाही र पचालझरनाका मिलन बस्नेत छन् ।

‎‎शान्ति सुरक्षा र जनस्वास्थ्यलाई ध्यानमा राखी जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने कार्यलाई प्रहरीले कडाइका साथ निगरानी गरिरहेको बुढथापाले बताए ।

‎प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई आग्रह गर्दै नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । निषेधाज्ञा बिहीबार बिहान ८ः३० बजेदेखि साँझ ६ः ०० बजेसम्म जारी गरिएको छ ।


प्रकाशित : २०८२ भाद्र २६, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप