लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अनलाइनबाट सुझाव संकलन गरेर छानिँदै नयाँ मन्त्री र तिनका सल्लाहकार

काठमाडौँ । शुक्रबार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै अब मन्त्रिपरिषद् गठनको प्रक्रिया थालनी भएको छ । यसका लागि जेनजी समूहले अनलाइनबाट नाम सिफारिसको प्रक्रिया सुरु गरेको छ ।

प्रधानमन्त्री कार्कीले शपथ लिएलगत्तै क्याबिनेटमा विभिन्न मन्त्रालयको नेतृत्व सम्हाल्ने मन्त्री र तिनका सल्लाहकारहरूको नाम जेनजीहरूमार्फत सुझाव संकलन गर्न थालिएको हो ।

यसपहिले आफू नजिकका र क्षमता तथा सीप नभएका वा सम्बन्धित क्षेत्र नबुझेका व्यक्तिहरूलाई मन्त्री बनाउने परिपाटी रहेकोमा यस अभियानले राम्रो सन्देश दिएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् । यसले राजनीतिक नियुक्तिमा पारदर्शिता र योग्यताको मापदण्ड स्थापित गर्न मद्दत पुग्ने उनीहरूको अपेक्षा छ ।

जनसहभागिता र विज्ञतालाई प्राथमिकता दिनेगरी यो प्रक्रिया सुरु गरिएको बताइएको छ । अनलाइन सिफारिस फारामबाट प्रत्येक मन्त्रालयका लागि मन्त्रीको नामका साथै उक्त पोर्टफोलियोका लागि सल्लाहकार समेत सिफारिस गर्न सकिनेछ ।

सिफारिस गरिएका नामहरू जेनजी नेतृत्वलाई पठाइनेछ । कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यदेश पाएको छ ।


प्रकाशित : २०८२ भाद्र २८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप