लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

काठमाडौँ । चर्चित र्‍यापर सन्दीप बिस्ट (मिस्टर डी) को सात वर्ष पुरानो व्यङ्ग्यात्मक गीत ‘बन्दै छ नेपाल’ युट्युबबाट हटाइएको छ । युट्युबले ‘हिंसात्मक वा भयावह सामग्री’ समावेश भएको कारण देखाउँदै भिडिओ हटाएको हो ।

हालै नेपालमा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा यो गीत सामाजिक सञ्जालमा पुनः चर्चित बनेको थियो । प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी जस्ता घटनाका दृश्यमा यो गीत प्रयोग गरी टिकटक र फेसबुकमा भिडिओहरू भाइरल भएका थिए ।

गीत हटेपछि र्‍यापर मिस्टर डीले सामाजिक सञ्जालमार्फत अब उक्त भिडिओ फिर्ता ल्याउने वा पुनः अपलोड गर्ने मनस्थितिमा आफू नरहेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “धेरै अगाडिको यो मेरो गीत अस्ति मात्र युट्युबबाट हटेको थ्यो र अब म यसलाई फिर्ता ल्याउने र फेरि अपलोड गर्ने मानसिकतामा नि छैन । सरी गाइज ।”

‘बन्दै छ नेपाल’ गीतले नेपाली राजनीतिको विकृति, नेताहरूले चुनावअघि जनतालाई दिने झुटा आश्वासन, युवा पलायनको बाध्यता तथा पेट्रोल, बिजुली र अस्पतालजस्ता अत्यावश्यक सेवाका लागि सर्वसाधारणले भोग्नुपरेको सास्तीलाई कलात्मक रूपमा प्रस्तुत गरेको थियो । नेताको प्रलोभनमा परेर भोट दिने र पछि पछुताउने नागरिकको अवस्थालाई भिडिओमा सचित्र चित्रण गरिएको थियो ।

आफ्नो व्यङ्ग्यात्मक शब्द र प्रस्तुति शैलीका कारण यो गीत देशमा हुने विभिन्न आन्दोलन, बन्द, हड्ताल वा राजनीतिक उथलपुथलका बेला सामाजिक सञ्जालमा बारम्बार चर्चामा आउने गरेको थियो ।


प्रकाशित : २०८२ भाद्र २८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप