लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जलेको शीतल निवासको प्राङ्गणमा मन्त्रीहरूको शपथ

काठमाडौँ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा सोमबार मन्त्रीहरूको शपथ हुन लागेको छ ।

शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणका लागि मञ्च बनाइएको छ । मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखिएको छ । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको छ ।

यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो । आज भने बाहिरै टेन्ट टाँगेर मञ्च बनाइएको हो ।

आज अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रकाशित : २०८२ भाद्र ३०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप