लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता

सिरहा – बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव झल्काउने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ ।

‘मिथिलाको सान, मैथिलीको पहिचान’ भन्ने नारासहित मिर्चैया नगरपालिका–५ स्थित गुदरी बजारको श्रीदुर्गा मन्दिर प्राङ्गणमा आयोजित नवरात्रि महोत्सवअन्तर्गत यो प्रतियोगिता घटस्थापनाको दिनबाट प्रारम्भ भएको हो ।

श्रीश्री १०८ श्री नवरात्रि महोत्सव मेला समितिद्वारा आयोजित उक्त कार्यक्रमको उद्देश्य मैथिली संस्कृतिको जगेर्ना गर्नु रहेको मेला समितिका अध्यक्ष किसुन साहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न समुदायका युवतीहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन् ।

उनीहरूले देवी दुर्गाप्रति भक्ति प्रकट गर्दै मैथिली परम्पराको जीवित झल्को दिने नृत्य प्रस्तुत गरिरहेका छन् । उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कार तथा सम्मान प्रदान गरिने अध्यक्ष साहले बताए ।

साहका अनुसार सदरमुकाम सिरहामा पहिलोपटक झिझियाँ फेस्टिभलको शृङ्खला २०७० सालमा सुरु गरिएको थियो, जसको निरन्तरता २०७३ सालसम्म प्रतियोगितात्मक स्वरूपमा दिइएको थियो । अहिले भने मिथिला क्षेत्रका विभिन्न गाउँपालिका तथा नगरपालिकामा यसलाई उत्सवकै रूपमा विस्तार गरिएको छ ।

परम्पराअनुसार कलशयात्राको राति ९ः०० बजेदेखि झिझियाँ नृत्य सुरु हुन्छ । सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सालगायत जिल्लामा प्रचलित यस लोकनृत्यलाई कुनै जाति विशेषसँग मात्र नभई सम्पूर्ण मैथिली समुदायको सांस्कृतिक सम्पदा मानिन्छ । धामीको मन्त्रसहित ‘छेकबार’ गरेर नृत्य प्रारम्भ गरिन्छ, जहाँ युवतीहरू टाउकामा आगो बलिरहेको घैँटो राखेर नाच्दै ब्रह्मस्थानसम्म पुग्छन् । त्यहाँ डीहिवार (मन्दिर)को पूजा गरेर झिझियाँको औपचारिक सुरुआत हुन्छ ।

मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो नृत्य परम्परा सातौँ शताब्दीदेखि प्रचलित रहँदै आएको हो । यद्यपि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।

मेला समितिका अध्यक्ष साहका अनुसार मिर्चैयामा घटस्थापनादेखि नै मेला सुरु भई सप्तमीदेखि एकादशीसम्म सञ्चालन हुने परम्परा रहेको छ । विशेषगरी अष्टमीका दिन बोकाबलि प्रदान गरिन्छ भने नवदुर्गाको पूजापाठ र भाकलबाट मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।


प्रकाशित : २०८२ आश्विन १०, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप