लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एक आईफोनले यसरी गर्‍यो बेलायतबाट चोरी भएका ४० हजार फोन चीन पठाउने गिरोहको पर्दाफास

सुर्खेत । मेट्रोपोलिटन प्रहरीले बेलायतमा फोन चोरीविरुद्धको सबैभन्दा ठुलो अपरेसन सञ्चालन गर्दै एउटा अन्तर्राष्ट्रिय गिरोहलाई ध्वस्त पारेको छ । उक्त गिरोहले विगत एक वर्षमा बेलायतबाट ४० हजार जति चोरी भएका मोबाइल फोनहरू चीन तस्करी गरेको आशङ्का गरिएको छ ।

यस कारबाहीमा लन्डन र हर्टफोर्डशायरमा २८ स्थानमा छापा मारिएको थियो । यस क्रममा १८ जना सन्दिग्धलाई पक्राउ गरिएको छ भने दुई हजारभन्दा बढी चोरी भएका उपकरणहरू फेला पारिएको छ ।

कसरी सुरु भयो अनुसन्धान ?

यस अनुसन्धानको सुरुवात गत वर्ष क्रिसमसको पूर्वसन्ध्यामा भएको थियो । त्यतिखेर एक पीडितले आफ्नो चोरी भएको आईफोनलाई इलेक्ट्रोनिक रूपमा हिथ्रो एयरपोर्ट नजिकैको गोदामसम्म ट्र्याक गरेका थिए । डिटेक्टिभ इन्स्पेक्टर मार्क गेभिनका अनुसार सुरक्षाकर्मीहरूको सहयोगमा प्रहरीले उक्त फोन एउटा बाकसभित्र फेला पारेको थियो, जसमा अन्य ८९४ वटा फोनहरू थिए ।

ती लगभग सबै फोनहरू चोरी भएको कुरा पत्ता लाग्यो, जसलाई हङकङ पठाइँदै थियो । त्यसपछि, थप शिपमेन्ट नियन्त्रणमा लिइयो र प्याकेजमा गरिएको फरेन्सिक अनुसन्धानले दुई पुरुषको पहिचान गर्‍यो ।

मुख्य सन्दिग्धहरू पक्राउ

प्रहरीले ती दुई पुरुषमाथि अनुसन्धान केन्द्रित गरिरहँदा गुप्तचर अधिकारीहरूले एक कारलाई बीच सडकमै रोकेको दृश्य बडीक्याम फुटेजमा कैद गरिएको थियो । चोरी भएका डिभाइसहरू पत्ता नलाग्ने गरी कारभित्र एल्युमिनियमको पातामा बेरेर राखिएको भेटिए ।

पक्राउ परेका दुवै पुरुष ३० वर्षका अफगान नागरिक थिए । उनीहरूलाई चोरीका सामान प्राप्त गर्ने षड्यन्त्र र आपराधिक सम्पत्ति लुकाउने वा हटाउने षड्यन्त्रको आरोप लगाइएको छ । उनीहरूसँग जोडिएका स्थानहरूमा दुई हजारभन्दा बढी डिभाइस फेला परेका थिए । त्यसपछि २९ वर्षीय एक भारतीय नागरिकलाई पनि सोही अभियोगमा मुद्दा चलाइएको छ ।

डिटेक्टिभ इन्स्पेक्टर गेभिनले भने, “फोनहरूको अनौठो शिपमेन्ट फेला पार्नु नै एउटा अन्तर्राष्ट्रिय तस्करी गिरोहको पर्दाफास गर्ने अनुसन्धानको प्रारम्भिक बिन्दु थियो, जसले लन्डनमा चोरी भएका कूल फोनहरूको ४०% सम्म निर्यात गरिरहेको हाम्रो विश्वास छ ।”

गत हप्ता प्रहरीले चोरी, चोरीका सामानको ओसारपसार र चोरीको षड्यन्त्रको आशङ्कामा थप १५ जनालाई पक्राउ गर्‍यो । तीमध्ये एक बुल्गेरियन नागरिकसहित सबै महिला थिए । बिहान छापा मार्ने क्रममा करिब ३० डिभाइसहरू फेला परेका थिए ।

अपराधको बढ्दो प्रवृत्ति

लन्डनमा फोन चोरीको सङ्ख्या विगत चार वर्षमा करिब तीन गुणा बढेको छ । सन् २०२० मा २८ हजार ६०९ फोन चोरी भएकोमा सन् २०२४ मा यो सङ्ख्या ८० हजार ५८८ पुगेको छ । यूकेमा चोरी हुने सबै फोनहरूमध्ये तीन-चौथाइ अहिले लन्डनबाटै चोरी हुने गरेका छन् ।

नेसनल स्टाटिस्टिक्स कार्यालयको पछिल्लो तथ्याङ्कले मार्च २०२५ मा समाप्त भएको वर्षमा इङ्गल्यान्ड र वेल्सभर व्यक्तिबाट चोरी हुने फोन १५% ले बढेको देखाएको छ । जुन २००३ पछिको सबैभन्दा उच्च रेकर्ड हो ।

प्रहरीका वरिष्ठ अधिकारीहरूले यो आपराधिक गिरोहले एप्पल उत्पादनहरूलाई विशेष रूपमा लक्षित गरेको बताएका छन् । किनभने ती विदेशमा धेरै लाभदायक छन् ।

मेट प्रहरीको अनुसन्धानले सडक चोरहरूलाई प्रति ह्यान्डसेट ३०० युरोसम्म भुक्तानी गरिएको पत्ता लगाएको छ । चोरी भएका डिभाइसहरू चीनमा प्रति फोन चार हजार युरोसम्ममा बिक्री हुने गरेको पाइएको छ । यो उच्च मूल्य उनीहरूको इन्टरनेट-इनेबल क्षमताका कारण हो । जुन सेन्सरशिपलाई बाइपास गर्न खोज्नेहरूका लागि आकर्षक हुन्छ ।

प्रहरी मन्त्री सारा जोन्सले बीबीसीसँग भनेकी छिन्, “हामीले सुनिरहेका छौँ कि केही अपराधीहरू लागुऔषध कारोबार छोडेर फोन व्यवसायमा लागिरहेका छन् । किनभने यो बढी लाभदायक छ ।” फोन चोर्नेहरू प्रायः तीव्र गतिमा भाग्नका लागि ई-बाइक वा मोपेड प्रयोग गर्छन् ।

मेटको फोन चोरी नियन्त्रणको नेतृत्व गरिरहेका कमान्डर एन्ड्रयु फेदरस्टोनले यस अपरेसनलाई यूकेमा मोबाइल फोन चोरी र लुटपाटमाथिको असाधारण र सबैभन्दा ठुलो कारबाही भनेका छन् । उनले यस अपरेसनले सडक स्तरका चोरहरूदेखि लिएर अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूहहरूलाई ध्वस्त पारेको बताए ।

यद्यपि धेरै पीडितहरूले प्रहरी, विशेषगरी मेट प्रहरीले पर्याप्त काम नगरेको भन्दै आलोचना गरेका छन् । ‘एप्पलको फाइन्ड माई आईफोन’ वा यस्तै ट्र्याकिङ सेवाहरू प्रयोग गरी आफ्नो चोरी भएको फोनको रियल-टाइम स्थान रिपोर्ट गर्दा पनि अधिकारीहरूले सहयोग नगरेको पीडितहरूको गुनासो छ ।

लन्डनका मेयर सर सादिक खानले चोरी भएका डिभाइसहरूलाई पुनः प्रयोग गर्न सजिलो भएकोमा आलोचना गर्दै मोबाइल फोन उद्योगलाई चोरी भएका उपकरणहरूलाई प्रयोग गर्न नमिल्ने बनाउन अझ कडा र छिटो कदम चाल्न आह्वान गरेका छन् । मेयर खानले यो व्यापारलाई बन्द गर्न विश्वव्यापी समन्वय आवश्यक रहेको पनि बताएका छन् ।

प्रकाशित : २०८२ आश्विन २४, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड भएका टंयाकरहरू जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिम बढेको छ ।  डिपोबाट दैनिक करिब ३ सय पेट्रोल, डिजेल र मट्टीतेल बोकेका टंयाकरहरू छुट्ने गर्छन् । काठमाडौँ, पोखरा, भैरहवा, विराटनगर, जनकपुरका लागि छुटेका गाडीहरू चालक, सहचालकहरूले पूर्व–पश्चिम राजमार्गअन्र्तगत अम्लेखगञ्ज सडकखण्डको २ किलोमिटर क्षेत्रमा जथाभावी पार्किङ गर्ने गरेका हुन् ।  एक वर्षदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन थालिएपछि प्रादेशिक डिपो अम्लेखगञ्जमा सवारीका चाप ह्रवात्तै बढेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ यसरी अतिप्रज्वलनशील पदार्थ बोकेका सवारी साधनका कारण सडक र बस्तीमा जोखिम बढेको बताउँछन् ।  ‘निगमले सवारी व्यवस्थापन गर्नुभन्दा झारा टार्ने काम मात्रै गरेको छ, मुख्य राजमार्गमा मान्छे हिड्ने ठाँउ छैन, जताततै टंयाकर पार्किङ गरेपछि धेरै समस्या भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘पहिला यस्तो समस्या थिएन, थोरै गाडी आउँथ्यो, अहिले पाइपलाइनबाट तेल आउन थालेपछि देशभरका ३/४ सय टंयाकर यहीँ आउछन् ।’ लोड भएर निश्चित ठाउँका लागि छुटेका टंयाकरका चालकहरूले खर्च बचाउन सडक र बस्तीमै गाडी राख्ने गरेका हुन् । ‘निगमले पाइपलाइन विस्तार गर्नुभन्दा पहिला नै पार्किङ व्यवस्थापन गनुपथ्यो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘यो निगमको समस्या र जिम्मेवारी हो, स्थानीय तहले यस्मा समाधान गरिदिनुपर्‍यो भनेर हुन्छ ?’   यस विषयमा शुक्रबार वडा कार्यलयमा स्थानीय जनप्रनितिधि, आयल निगम, सुरक्षा निकायका प्रतिनिधि, टंयाकर ढुवानी व्यवसायी संघ, नेपाल यातायात चालक संघबिच छलफल भएको थियो । उक्त छलफलमा राजमार्गको दायाँबायाँ टंयाकर नराख्ने निर्णय भएको थियो । साथै त्यसो गरेको पाइए कारबाही गरिने पनि लिखित सहमति भएको थियो ।  अखिल नेपाल मजदुर यातायात संघका अध्यक्ष  मानसिङ लामाले अम्लेखगञ्जबाट लोड भएर छुटेका गाडीहरू काठमाडौँ जान आठदेखि १० दिनमा पालो आउने भएकाले सडकमै पार्क गर्नु बाध्यात्मक अवस्था भएको बताए ।  ‘लोड भएको गाडी आफ्नो घरमा लगेर राख्न मिल्दैन, निगमको आफ्नो पार्किङ छैन,’ लामाले भने, ‘खाली गाडीमा समस्या छैन, लोड भएका टंयाकरहरू राख्न ठुलो समस्या हुन्छ ।’  निगमले एकैपटक १५० देखि दुई सय वटासम्म टंयाकरहरू पार्किङ गर्न सक्नेगरी ठाउँको व्यवस्थापन गर्नुपर्ने ढुवानी व्यवसायीहरूको माग छ । ‘दैनिक तीन सय गाडी लोड हुने निगममा पार्किङ गर्ने ठाउँ छैन,’ उनले भने  । यता निगम मधेश प्रादेशिक कार्यालय अम्लेखगञ्जका प्रमुख प्रलयङ्गर आचार्य भने निगमबाट लोड भएर छुटेका गाडीहरूलाई पार्किङ आवश्यक नभएको बताउँछन् । निश्चित डिपोका लागि लोड भएका गाडीहरू राजमार्गमा राख्न नमिल्ने पनि उनको भनाइ छ । ‘उनीहरूलाई सम्बन्धित ठाउँ; थानकोट, भैरहवा, विराटनगर कहाँ जाने हो, त्यहीँ पार्किङको व्यवस्था छ,’ उनले भने, ‘अब पार्किङको लागि जग्गा खोज्ने भन्ने पछिको कुरा हो, सरकारले बजेट दिन्छ/ दिँदैन यसै भन्न सकिँदैन ।’  आयल निगमले यसअघि पार्किङकै लागि अम्लेखगञ्ज डिपोसँगै रहेको नेपाल बिटुमिन  र नेपाल सिलिन्डर प्रालिको पाँच बिघाभन्दा धेरै जग्गा खरिद गर्ने चर्चा गरे पनि निश्चित भने हुन सकेको छैन । उक्त जग्गा खरिदका लागि निर्वतमान प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा पटक–पटक छलफल भएको थियो । 

  • समाचार
    थप

  • खोज खबर बिसेष
    थप