लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अब एटीएमबाट एक दिनमा ५० हजार रुपैयाँसम्म मात्र झिक्न मिल्ने

सुर्खेत । अब डेबिट कार्डबाट एक दिनमा ५० हजार रुपैयाँसम्म मात्र निकाल्न मिल्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गर्ने कारोबारको सीमा घटाउने निर्णय गरेसँगै एक दिनमा बढीमा ५० हजार रुपैयाँ निकाल्न मिल्ने भएको हो ।

शुक्रबार राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमति प्राप्त संस्थाहरूलाई पत्र पठाउँदै डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाउने निर्देशन दिएको छ ।

हालसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट प्रति कारोबार २५ हजार, एक दिनमा एक लाख र एक महिनामा चार लाख रुपैयाँसम्म डेबिट कार्डबाट पैसा झिक्न सक्ने सुविधा थियो । अब भने एक पटकमा २० हजार, एक दिनमा ५० हजार र एक महिनामा तीन लाख रुपैयाँसम्म कार्डबाट झिक्न पाइनेछ ।

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको कारोबार रकम भने परिवर्तन गरिएको छैन । प्रिपेड कार्डमार्फत प्रति कारोबार १० हजार रुपैयाँ, एक दिनमा २० हजार रुपैयाँ र एक महिना २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डबाट एक दिनमा पाँच हजार र एक महिनामा २५ हजार रुपैयाँसम्मको कारोबार गर्न सक्छन् ।

त्यसैगरी क्रेडिट कार्डको सीमा पनि राष्ट्र बैङ्कले यथावत् राखेको छ ।


प्रकाशित : २०८२ आश्विन २४, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप