लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

गाजामा बेपत्ता हुनेको सङ्ख्या ९ हजार ५०० भन्दा बढी

गाजा । सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि अहिलेसम्म नौ हजार ५०० व्यक्तिहरूको अवस्था अज्ञात रहेको गाजास्थित नागरिक सुरक्षा निकायले शनिबार जानकारी गराएको छ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गरेका छन्  ।

‘इजरायल र हमासबिच शुक्रबारदेखि युद्धविराम सम्झौता लागू भएदेखि नागरिक सुरक्षा कर्मचारीहरूले १५० भन्दा बढी शवहरू फेला पारेका छन् र सीमित उपकरणका कारण खोजी कार्यमा चुनौतीहरूको सामना गरिरहेका छन्,’ बासालले भने।

उनले भने- ‘अस्थायी आश्रयहरूको ‘लगभग पूर्ण अनुपस्थिति’ भए पनि युद्धविरामपछि तीन लाखभन्दा बढी विस्थापित बासिन्दाहरू गाजाको दक्षिणी सीमाबाट गाजा सहर र उत्तरी क्षेत्रमा फर्किएका छन्।

गाजास्थित प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमले गाजामा करिब ३० हजार आवास एकाइहरू ध्वस्त भएको र ९० प्रतिशतभन्दा बढी नागरिक पूर्वाधारहरू प्रभावित भएको जनाएको छ।

यसले गाजा क्षेत्रमा लगाइएको नाकाबन्दी तत्काल हटाउन र मानवीय कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ।

इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार अबेर टेलिफोन वार्ता गरेका र दुवैले इजिप्टको रेड सीको सामुद्रिक सहर शर्म अल शेखमा हुने शिखर सम्मेलनको विस्तृत व्यवस्थाबारे छलफल गरेका थिए ।

सम्मेलनको सह–आयोजक इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले गर्नेछन्।

इजिप्टको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘अब्देलाट्टी र रुबियोले शिखर सम्मेलनमा विश्वव्यापी सहभागिताका साथै गाजा युद्धविराम सम्झौताको पहिलो चरणको कार्यान्वयनको व्यवस्थाबारे पनि छलफल गरेका थिए।’

प्रकाशित : २०८२ आश्विन २५, शनिबार : प्रकाशित

ताजा समाचार
  • बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड भएका टंयाकरहरू जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिम बढेको छ ।  डिपोबाट दैनिक करिब ३ सय पेट्रोल, डिजेल र मट्टीतेल बोकेका टंयाकरहरू छुट्ने गर्छन् । काठमाडौँ, पोखरा, भैरहवा, विराटनगर, जनकपुरका लागि छुटेका गाडीहरू चालक, सहचालकहरूले पूर्व–पश्चिम राजमार्गअन्र्तगत अम्लेखगञ्ज सडकखण्डको २ किलोमिटर क्षेत्रमा जथाभावी पार्किङ गर्ने गरेका हुन् ।  एक वर्षदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन थालिएपछि प्रादेशिक डिपो अम्लेखगञ्जमा सवारीका चाप ह्रवात्तै बढेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ यसरी अतिप्रज्वलनशील पदार्थ बोकेका सवारी साधनका कारण सडक र बस्तीमा जोखिम बढेको बताउँछन् ।  ‘निगमले सवारी व्यवस्थापन गर्नुभन्दा झारा टार्ने काम मात्रै गरेको छ, मुख्य राजमार्गमा मान्छे हिड्ने ठाँउ छैन, जताततै टंयाकर पार्किङ गरेपछि धेरै समस्या भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘पहिला यस्तो समस्या थिएन, थोरै गाडी आउँथ्यो, अहिले पाइपलाइनबाट तेल आउन थालेपछि देशभरका ३/४ सय टंयाकर यहीँ आउछन् ।’ लोड भएर निश्चित ठाउँका लागि छुटेका टंयाकरका चालकहरूले खर्च बचाउन सडक र बस्तीमै गाडी राख्ने गरेका हुन् । ‘निगमले पाइपलाइन विस्तार गर्नुभन्दा पहिला नै पार्किङ व्यवस्थापन गनुपथ्यो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘यो निगमको समस्या र जिम्मेवारी हो, स्थानीय तहले यस्मा समाधान गरिदिनुपर्‍यो भनेर हुन्छ ?’   यस विषयमा शुक्रबार वडा कार्यलयमा स्थानीय जनप्रनितिधि, आयल निगम, सुरक्षा निकायका प्रतिनिधि, टंयाकर ढुवानी व्यवसायी संघ, नेपाल यातायात चालक संघबिच छलफल भएको थियो । उक्त छलफलमा राजमार्गको दायाँबायाँ टंयाकर नराख्ने निर्णय भएको थियो । साथै त्यसो गरेको पाइए कारबाही गरिने पनि लिखित सहमति भएको थियो ।  अखिल नेपाल मजदुर यातायात संघका अध्यक्ष  मानसिङ लामाले अम्लेखगञ्जबाट लोड भएर छुटेका गाडीहरू काठमाडौँ जान आठदेखि १० दिनमा पालो आउने भएकाले सडकमै पार्क गर्नु बाध्यात्मक अवस्था भएको बताए ।  ‘लोड भएको गाडी आफ्नो घरमा लगेर राख्न मिल्दैन, निगमको आफ्नो पार्किङ छैन,’ लामाले भने, ‘खाली गाडीमा समस्या छैन, लोड भएका टंयाकरहरू राख्न ठुलो समस्या हुन्छ ।’  निगमले एकैपटक १५० देखि दुई सय वटासम्म टंयाकरहरू पार्किङ गर्न सक्नेगरी ठाउँको व्यवस्थापन गर्नुपर्ने ढुवानी व्यवसायीहरूको माग छ । ‘दैनिक तीन सय गाडी लोड हुने निगममा पार्किङ गर्ने ठाउँ छैन,’ उनले भने  । यता निगम मधेश प्रादेशिक कार्यालय अम्लेखगञ्जका प्रमुख प्रलयङ्गर आचार्य भने निगमबाट लोड भएर छुटेका गाडीहरूलाई पार्किङ आवश्यक नभएको बताउँछन् । निश्चित डिपोका लागि लोड भएका गाडीहरू राजमार्गमा राख्न नमिल्ने पनि उनको भनाइ छ । ‘उनीहरूलाई सम्बन्धित ठाउँ; थानकोट, भैरहवा, विराटनगर कहाँ जाने हो, त्यहीँ पार्किङको व्यवस्था छ,’ उनले भने, ‘अब पार्किङको लागि जग्गा खोज्ने भन्ने पछिको कुरा हो, सरकारले बजेट दिन्छ/ दिँदैन यसै भन्न सकिँदैन ।’  आयल निगमले यसअघि पार्किङकै लागि अम्लेखगञ्ज डिपोसँगै रहेको नेपाल बिटुमिन  र नेपाल सिलिन्डर प्रालिको पाँच बिघाभन्दा धेरै जग्गा खरिद गर्ने चर्चा गरे पनि निश्चित भने हुन सकेको छैन । उक्त जग्गा खरिदका लागि निर्वतमान प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा पटक–पटक छलफल भएको थियो । 

  • समाचार
    थप

  • खोज खबर बिसेष
    थप