लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बेलायतबाट राजदूत घिमिरे फिर्ता हुँदै, भूपू गोर्खा मुद्दामा कस्तो पर्छ असर ?

लन्डन । नेपाल सरकारले बेलायतसहितका विभिन्न मुलुकमा रहेका ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक आधारमा नियुक्त ती राजदूतहरूलाई कात्तिक २० गतेभित्र स्वदेश फर्कन निर्देशन दिएसँगै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे पनि फिर्ता हुने भएका छन् । उनले गत जनवरी महिनामा २३औं राजदूतका रूपमा बेलायतस्थित नेपाली दूतावास, लन्डनमा कार्यभार सम्हालेका थिए ।

उनीसँगै चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, जापानका लागि नियुक्त राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

लन्डन दूतावासमा फेरि अस्थिरता

सन् २०२१ मा तत्कालीन राजदूत डा। दुर्गा बहादुर सुवेदी ९दुबसु० ले आफ्नो कार्यकाल पूरा गरेयता लन्डनस्थित नेपाली दूतावासमा कुनै पनि राजदूतले पूर्ण कार्यकाल पूरा गर्न पाएका छैनन् । सुवेदीपछि लोकदर्शन रेग्मीलाई राजदूतमा नियुक्त गरि एपनि उनलाई एक वर्ष नपुग्दै फिर्ता बोलाइयो। त्यसपछि क्रमशः ज्ञानचन्द्र आचार्य र चन्द्रकुमार घिमिरेलाई पनि राजनीतिक नियुक्ति भन्दै फिर्ता बोलाइयो ।

पटक–पटक राजदूतविहीन बन्दै आएको लन्डनस्थित नेपाली दूतावास पुनः एकपटक राजदूतविहीन बन्ने अवस्थामा छ । यद्यपि राजदूतको अभावमा दूतावासकै उपनियोग प्रमुखले कार्यवाहक राजदूतको भूमिका निर्वाह गर्नेछन् । राजदूत चन्द्र कुमार घिमिरे नेपाल फर्किएपछि लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यवाहक राजदूतको भूमिका निर्वाह गर्ने पक्का छ । दुवाडी पनि बेलायती समाजमा राम्रो छाप छाड्न सफल छन् भने भूपू गोर्खाको मुद्दामा पनि निकै अनुभवी र जानकार छन् ।

सदियौँदेखि कूटनीतिक सम्बन्ध रहेको बेलायतजस्तो मुलुकमा वर्षैपिच्छे राजदूत परिवर्तन हुँदा नेपालको कूटनीतिक छवि धमिलो बन्ने विश्लेषण कूटनीतिक वृत्तमा गरिएको छ । सन् १९३४ मा पहिलो राजदूत बनेका बहादुर शम्सेर जंगबहादुर राणादेखि सन् २०२५ सम्म २३ जना नेपाली राजदूतले बेलायतमा जिम्मेवारी सम्हालिसकेका छन् ।

गोर्खा मुद्दामा असर

राजदूत घिमिरेले आफ्नो कार्यकालमा बेलायत सरकार र भूपू गोर्खा अभियन्ताहरूसँग समान पेन्सन, सेवा सुविधालगायतका मागबारे निरन्तर छलफल अगाडि बढाएका थिए ।

उनले वार्तालाई अन्तिम निष्कर्षमा पुर्‍याउने उद्देश्यले पटक–पटक बैठक आयोजना गरेका थिए । उनको प्रयासबाट भूपू गोर्खा समुदाय केही हदसम्म आशावादी थियो । तर, हालको राजदूत फिर्ता गर्ने सरकारी निर्णयपछि ती वार्ताहरू पुनः अनिश्चित बनेका छन् ।

नयाँ राजदूत नियुक्ति र छलफल पुनः सुरु गर्न महिनौं लाग्नेछ, जसका कारण राजदूत परिवर्तनले भूपू गोर्खाको मुद्दामा थप ढिलाइ हुने चिन्ता गोर्खा अभियन्ताहरूको छ ।

राजनीतिक आधारमा गरिने राजदूत नियुक्ति र फिर्ता बोलाउने क्रम निरन्तर दोहोरिँदा विश्लेषकहरूले धेरैले चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस्तो नीतिले कूटनीतिक स्थायित्व कमजोर बनाउनुका साथै नेपालको अन्तर्राष्ट्रिय छविलाई समेत कमजोर पार्छ । आगामी राजदूत गोर्खा मुद्धासम्बन्धी जानकार, अनुभवी र संवेदनशील व्यक्ति हुनुपर्ने भूपू गोर्खा अभियन्ताहरूको माग छ ।

सरकारले नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया छिट्टै अघि बढाउने तयारी गरेको बताइएको छ, तर गोर्खा वार्ता कहिले पुनः सुरु हुन्छ भन्ने विषय अनिश्चित छ ।

राजदूतले थालेका थिए पहल

छोटो अवधिमै भए पनि राजदूत घिमिरेले बेलायती अधिकारीहरूसँग भेटघाटलाई तीव्रता दिंदै द्विपक्षीय हितका विविध विषयमा कुरा उठाएका थिए । उनले विशेषगरि आर्थिक कूटनीतिलाई बढी ुफोकसु गरेका थिए ।
नेपाल र बेलायतबीच द्विपक्षीय व्यापार वृद्धिमा पहल, दुई देशबीचको अद्वितीय सम्बन्ध दृष्टिगत गर्दै नेपालले पाउँदै आएको वैदेशिक सहायता थप वृद्धि गर्न पहल, लामो समयदेखि सम्बोधन हुन बाँकी रहेको भूतपूर्व गोर्खासँग सम्बन्धित सबै समस्याको यथाशक्य छिटो निराकरणमा उनी दिनरात खटिएका थिए ।

यसबाहेक नेपाल वैदेशिक लगानी र पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको सन्देश तथा बेलायतबाट नेपालमा प्रधानमन्त्रीसहित उच्चस्तरिय राजनीतिक भ्रमण जस्ता मुद्दामा समेत उनको पहल सुरु भएको थियो ।


प्रकाशित : २०८२ कार्तिक १, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप