लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुँदै

काठमाडौं । विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आईईईई नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा आयोजना गर्ने भएको छ।

आयोजक संस्था आईईईई नेपाल सेक्सनले शनिवार (अक्टोबर २५) मा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिस्पर्धा ‘आईईईई एक्सट्रिम १९.०’ को आयोजना गर्न लागेको जानकारी दिएको हो।

आगामी अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ। आईईईई नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाका अनुसार २४ घण्टासम्म निरन्तर सञ्चालन हुने यस प्रतियोगितामा विद्यार्थीले जटिल कोडिङ समस्या समाधान गर्नेछन्।

डा. तिमल्सिनाका अनुसार कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्ने विद्यार्थीहरूले कम्प्युटर प्रोग्राम गरेर सूचना प्रविधि (आईटी) सम्बन्धी समस्या निराकरण गर्नेछन्। यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र टिमवर्क कौशल वृद्धि गराउने विश्वास लिइएको छ।

प्रतियोगिता पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना हुनेछ, जसले युवा प्रविधि प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो सीप प्रदर्शन गर्ने अवसर दिने उद्देश्य राखेको छ।


प्रकाशित : २०८२ कार्तिक ८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप