लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’

क्वालालाम्पुर । संयुक्त राज्य अमेरिका र चीनबिच शनिबार मलेसियामा भएको व्यापार वार्ता  ‘निकै रचनात्मक’ भएको अमेरिकी अर्थमन्त्रालयका प्रवक्ताले बताएका छन् ।

उनले भने, ‘आजको वार्ता सकिएको छ । वार्ता प्रतिनिधिहरूले धेरै रचनात्मक काम गरेका छन्, र हामी आशा गर्छौँ भोलि बिहान फेरि वार्ता सुरु हुनेछ,’ प्रवक्ताले एएफपीसँग भने ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनका उपप्रधानमन्त्री हे लिफेङसँग मलेसियाको मर्डेका ११८ मा भेटवार्ता गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबिच आगामी बिहीबार दक्षिण कोरियामा भेटवार्ता हुने अपेक्षा गरिएको छ।

अक्टोबर ३१ देखि सुरु हुने एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा आयोजित बैठक रद्द गर्ने चेतावनी दिए पनि पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग ‘राम्रो’ सम्झौता गर्ने र व्यापार युद्ध अन्त्य गर्ने आशा व्यक्त गरेका छन् ।

बेइजिङले यस महिना महत्वपूर्ण दुर्लभ खनिज तथा धातुको निर्यातमा व्यापक नियन्त्रण गर्ने घोषणा गरेपछि प्रतिवादमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट हुने आयातमा १०० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।

अमेरिकी व्यापार ऐनको ‘धारा ३०१’ को अनुसन्धानले उद्योगमा बेइजिङको प्रभुत्व अनुचित भएको निश्कर्ष निकालेपछि दुई देशले एक अर्काको जहाजमा आगमन शुल्क पनि लिन थालेका थिए।


प्रकाशित : २०८२ कार्तिक ८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप