लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको ब्रिफिङ : ‘निर्वाचनको वातावरण बनिसकेको छैन, सहयोगका लागि तयार छौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी छन् ।

अगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उनकाअनुसार सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशस्तरमा रहेको शान्ति सुव्यवस्था लगायत विषयमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए ।

आगामी निर्वाचन, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा सङ्घीय तथा प्रदेश सरकारबिच कसरी प्रभावकारी समन्वय गर्न सकिन्छ ? भन्ने विषयमा गम्भीर छलफल भएको सञ्चारमन्त्री खरेलको भनाइ छ ।

उनले भने,‘सात वटा प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक उपलब्धिमूलक र सकारात्मक रहेको छ । अगामी निर्वाचन र सुशासन तथा भ्रष्टाचार नियन्त्रणको सवालमा प्रदेश सरकार र सङ्घीय सर कारबिच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ । मुख्यमन्त्रीज्यूहरुले चुनावको लागि प्रदेशस्तरमा कस्तो वातावरण छ भन्ने कुरा ब्रिफिङ भयो । सबै तहका सरकार मिलेर निर्वाचन सम्पन्न गर्न आआफ्नो भूमिका प्रभावकारी बनाउने सहमति पनि भएको छ । केही नीति, नियम र बजेट कार्यान्वयनका सम्बन्धमा अझै पनि छलफल जारी छ । छलफलमा मुख्यमन्त्रीज्युहरुले कानुनी र वित्तीय अल्झनहरुका बारेमा गुनासो राखेका छन् । यी अल्झन चिर्न उहाँहरूको सुझाव थियो । यसबारे प्रधानमन्त्रीले सकारात्मक रहनुभएको छ ।’

उनले सबै तहका सरकार मिलेर आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो भूमिका प्रभावकारी बनाउने सहमति बैठकमा भएको पनि बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले अन्तरिम सरकारले सङ्घीयताको मर्म र भावनाअनुसार समन्वय नगरेकोप्रति आपत्ति जनाए ।

उनले अगामी २१ फागुनमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण भइनसकेको बारेमा प्रधानमन्त्री कार्कीसँग सरोकार राखेको पनि बताए ।

उनले निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको अनुभूति र सुरक्षा निकायको मनोबल बढाउनुको विकल्प नरहेको भन्ने सुझाव दिएको पनि बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्कीसँग अगामी निर्वाचन र प्रदेश सरकार र सङ्घीय सर कारबिच समन्वय गरेर अगाडि जाने विषयमा छलफल भएको बताए ।

उनले प्रधानमन्त्री कार्की सङ्घीयता र अगामी निर्वाचनको बारेमा अत्यन्त सकारात्मक देखिएको पनि बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम भइनसकेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै निर्वाचनको वातावरण गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताए ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरेको र सो कुरामा सहमति भएको बताए । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी हुन् ।

यसअघि सरकारले सबै राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग समेत छलफल गरिसकेको छ ।


प्रकाशित : २०८२ कार्तिक १६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप