लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सञ्चारकर्मीद्धारा सशस्त्र  प्रहरी नायब उपरीक्षक विकास खतिवडा सम्मानित

विराटनगर — विराटनगरमा क्रियाशिल सञ्चारकर्मीहरुले आज  सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ  । प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी निरुत्साहित गर्न पु¥याएको योगदानको कदर गदै विराटनगरका सञ्चारकर्मीहरुले सम्मान गरेका हुन ।

अनुसार सशस्त्र प्रहरी बल नेपालको उद्देश्यअनुसार सीमामा सुरक्षा मजबुत बनाउने, यस क्षेत्रका विभिन्न विकृति–विसंगति न्यूनीकरण गर्ने तथा आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति गराउने कार्यमा खतिवडाको भूमिका उल्लेखनीय रहेको रहेको कार्यक्रमका संयोजक सत्यनारायण शर्माले जानकारी दिनुभयो ।
आफ्नो पदीय दायित्व र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै जनविश्वास कायम गर्न सफल भएको जनाएको छ। कार्यक्रममा साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सेवाभावका साथ कार्य गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।साथै सोही कार्यक्रममा समकालिन पथका सम्पादक तथा प्रकाशक मधुसुदन ज्ञवालीले सिमा क्षेत्रबाट हुने तस्करीलाई निरुसाहित गर्नमा मुख्य रुपमा खतिवडाले आफनो क्षेत्रबाट पुयाएको योगदानलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडाले संगठनले दिएको भुमिकालाई आफुले अक्षरास पालना गरेको बताउनुभयो । साथै उहाँले सञ्चारकर्मीद्धारा आफु सम्मानित हुन पाउनु गर्वको विषय भएको बताउनुभयो ।


प्रकाशित : २०८२ पुष १०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप