काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारले ६ बुँदे सम्झौता गरेको छ । शुक्रबार सरकारले उनीहरूसँग ६ बुँदे सम्झौता गरेको हो ।
सम्झौता भएसँगै ११ औँ दिनमा उनीहरूको अनसन तोडिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएकी थिइन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिपत्रमा डा.भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट माइतीघरमा आमरण अनशन बसेका थिए ।
प्रकाशित : २०८२ पुष १८, शुक्रबार : प्रकाशित


समाचार


