लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

पहिलाे पटक सुविधासम्पन्न सुर्खेत काठमान्डाैँ ‘कर्णाली याक्स’ बस सेवा सुरु

सुर्खेत ।  साेफासेट सिट, सुत्न  मिल्ने सुविधा, र कम इन्धन खपत हुने सुर्खेत मै पहिलाे पटक  सुविधासम्पन्न बस सञ्चालनमा आएकाे छ ।  बिशेष गरेर  यात्रुहरूको बढ्दो सुविधा र सुरक्षित तथा आरामदायी यात्राको आवश्यकतालाई मध्यनजर गर्दै सुर्खेत काक्रेविहार यातायात प्रा. लि.को स्वामित्वमा रहेको कर्णाली याक्स नामक अत्याधुनिक बस सेवा औपचारिक रूपमा शुभ–उद्घाटन गरिएको छ। अशोक लेल्यान्डको भाइकिङ डबल एयर सस्पेन्सन प्रविधियुक्त उक्त बसको उद्घाटन काक्रेविहार यातायात प्रा. लि.का अध्यक्ष रमेश सापकोटाले गर्नुभयो ।

पश्चिम नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको यो बसमा सोफासेट सहितका अत्यन्त आरामदायी सिट जडान गरिएको छ। ४५ सिट क्षमताको बसमा चार जना यात्रुले सुत्न मिल्ने विशेष सुविधा समेत रहेको छ। लामो दूरीका यात्रुका लागि लक्षित गर्दै ल्याइएको यो बस यात्राको क्रममा थकान कम हुने र सहज यात्रा सुनिश्चित गर्ने उद्देश्यले डिजाइन गरिएको हो। प्रति बस एक करोड १४ लाख रुपैयाँ मूल्य पर्ने यस अत्याधुनिक सवारी साधनमा २२५ हर्सपावर क्षमताको इन्जिन प्रयोग गरिएको छ। आईएमई मोटर्स कम्पनी लिमिटेड प्रा. लि.का प्रतिनिधि गंगाराज भुर्तेलका अनुसार यस्तो क्षमताको बस नेपालमा पहिलो पटक भित्र्याइएको हो। हालसम्म कुनै पनि कम्पनीले यस्तै प्रविधियुक्त बस नेपालमा ल्याएको थिएन ।

काक्रेविहार यातायात प्रा. लि. ले यस अघि  ३४ वटा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइसकेको जनाएको छ । वातावरणमैत्री र इन्धन बचतलाई प्राथमिकतामा राख्दै ल्याइएको यो बसले सुर्खेत–काठमाडौँ करिब ६५० किलोमिटर दूरीमा अन्य बसको तुलनामा १० देखि १२ हजार रुपैयाँसम्म इन्धन बचत गर्ने बताइएको छ । सरकारले तोकेको भाडादरमै यात्रुले यो सुविधा सम्पन्न बस चढ्न पाउने व्यवस्था गरिएको छ । यात्रुलाई तोकिएको समयमै सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने समितीले प्रतिबद्धता गरेको छ । आगामी पुस २५ गतेदेखि विराट यातायातसँगको सहकार्यमा सुर्खेतदेखि काकडभिट्टासम्म नियमित यातायात सेवा सञ्चालन हुने जनाइएको छ । यसले कर्णालीबाट पूर्वी नेपालसम्मको यात्रालाई थप सहज, सुरक्षित र आरामदायी बनाउने अपेक्षा गरिएको छ ।


प्रकाशित : २०८२ पुष २१, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप