लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु भएको छ ।

नगरपालिकाको सहयोगमा काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतको टिमले निःशुल्क आँखा शल्यक्रिया सेवा सुरु गरेको हो ।

सोमबारदेखि सुरु भएको शिविरमा पाँच सय बढी आँखाका बिरामीको जलविन्दु र मोतियाविन्दुसम्बन्धी शल्यक्रिया गरिने चौदण्डीगढी नपाकी उपप्रमुख मणिकादेवी दुलालले बताइन् ।

पहिलो दिनमै १२५ जनाको जलविन्दु र मोतियाविन्दुसम्बन्धी उपचार गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । आँखाको उपचार र शल्यक्रिया सेवाका लागि चौदण्डीगढीसहित त्रियुगा र बेलका नगरपालिका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा आँखाका बिरामी शिविरमा पुगेको जनाएको छ ।


प्रकाशित : २०८२ पुष २९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप