लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूसँगै मेला, महोत्सवहरूमा थारू जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यहरूमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

घोराही उपमहानगरपालिका– ७ की जानकी चौधरी संस्कृति संरक्षणमा जुटेकी छिन् । माघी सांस्कृतिक कार्यक्रममा उनी आफ्नै मौलिक पोसाकमा भेटिइन् । उनले पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको पनि दायित्व भएको बताइन् ।

आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारू वेशभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनी बताउँछिन् ।

उनले थारूको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सख्या नाचहरू नाच्न पनि सिकेकी छिन् । ‘सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो’, उनले भनिन्, ‘तर अहिले सहज जस्तो लाग्छ । आफ्नो जातिगत वेशभूषा र पहिरनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।’

नृत्यसँगै उनलाई थारू जातिका महिलाहरूकाे परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिन मन लाग्ने गरेको उनी बताउँछिन् । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उनको भनाइ छ ।

उनीजस्तै विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनहरूमा थारू जातिसँग सम्बन्धित नाचहरुको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका– १४ का आशा चौधरीले बताइन् ।

उनी पछिल्लो समय फुर्सदको समयमा थारू नृत्यहरू सिक्नेदेखि कार्यक्रमहरुमा सहभागी हुने गर्छिन् ।

थारू बस्ती बाक्लो भएको गाउँबाट पछिल्लो समय थारू समुदायका युवायुवतीहरू आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ ।

जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको थारू अगुवाहरूको भनाइ छ ।

घोराही उपमहानगरपालिका– ७ पर्साका विकास चौधरीले आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारू संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरताले वेशभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने बताए ।

थारू जातिमा सखिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले सुकै नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ ।

चौधरीले थारू कला, संस्कृतिका बारेमा नयाँ पुस्तालाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताए ।

थारू समुदायका विभिन्न बाजा संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । (रासस)


प्रकाशित : २०८२ पुष २९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप