लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मधेसी एकता समाज यूएई शाखाको नयाँ कार्यसमिति गठन

 

काठमाडौं, पुस २९ गते । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।
यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा समाजको यूएई शाखाले नयाँ कार्यसमिति गठन गरेको हो ।


समाजको यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवले अध्यक्षता गर्नुभएको कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव प्रमुख अतिथि हुनुहुन्थ्यो ।
नयाँ कार्यसमितिमा शैलेन्द्र कुमार राय अध्यक्ष, अफरोज हुसैन, मनीष कर्ण, धर्मेन्द्र मण्डल र सन्दीप यादव उपाध्यक्ष, रामपुकार यादव र रामअयोध्या साह सहअध्यक्ष, कृष्णकुमार साह महासचिव, अभिमन्यु यादव कोषाध्यक्ष, विक्रम साह युवा संयोजक र भोला पासवान सांस्कृतिक संयोजकमा चयन हुनुभएको छ ।
कार्यक्रममा यूएईमा बसोबास गर्दैआएका मधेसी समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा समाजको यूएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहीवर, अन्तर्राष्ट्रिय सल्लाहकार तन्मिर आलम, शहनवाज अख्तर, फैसल हुसैन, लाल सिंह, जिवछ साह, सुनील पुर्बे, अमित शर्मा, तथा समाजको बिजनेस काउन्सिलका अध्यक्ष कवीन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा नयाँ वर्ष २०२६ को अवसरमा बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो । बनभोजमा मधेशी समुदायका विभिन्न खाद्य परिकारसहितको सामूहिक भोजन तथा आपसी भेटघाटसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो ।


प्रकाशित : २०८२ पुष ३०, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप