लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौँ — डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचका साथै डिजिटल परिदृश्य पुस्तक विमोचन गरिएको हो ।

डिजिटल युगमा पत्रकारिता पुस्तक जर्मनीका पत्रकारहरु स्टेफान मोल र तन्जिभ शुल्जले लेखेका हुन् । जर्मन भाषामा लेखिएको उक्त पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद एवं सम्पादन गरेका हुन् ।

पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी, पत्रकारिताको गुणस्तर लगायतका पक्षमा बहुआयामिक ढंगले चर्चा गरिएको छ ।

उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेख्नु भएको मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी पुस्तकमा मिथ्या सूचना, मिथ्या सूचनाको प्रतिकार, तथ्यजाँच प्रकृया, मिडिया साक्षरतालगायतका विषय समावेश गरिएको छ ।

डिजिटल परिदृश्य पुस्तक पत्रकार तथा त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन् । यो पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया र पत्रकारिता, युट्युबमा सम्पादकहरुको यात्रा, समाचारमा प्रतिलिपि अधिकारसहितका विषयलाई केलाइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सोसल मिडियामा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै निर्वाचनमा हुन सक्ने मिथ्या सूचनाप्रति सजग हुन जरुरी रहेको बताइन् ।

वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि, सोसल मिडिया र नागरिक पत्रकारिताका कारण पत्रकारितामा चुनौती थपिएको र पत्रकारिताले विश्वास जगाउन सक्ने पर्ने धारणा व्यक्त गरे ।

डिजिटल युगमा पत्रकारिताका लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियामा केन्द्रित हुँदै गइरहेको र पत्रकारहरु मिथ्या सूचना विरुद्ध लड्नु पर्ने भएकाले पत्रकारितामा चुनौती थपिएको बताए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नवीन खतिवडाले नेपालमा निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गरी सत्यलाई स्थापित गर्न आवश्यक रहेको बताए ।


प्रकाशित : २०८२ माघ ९, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप