लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै, भन्छन्- शहरका मान्छे धेरै बोल्छन्, हामीलाई झर्को लाग्छ

राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि शुरू गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरूले आफूले बनाएका भाँडा बिक्रीका लागि राखेका छन् ।

‘यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईंहरूले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य एक हजार मात्र,’ सुदूरपश्चिमका दीपक राउटेले भने ।

उनीहरूको चाहना धेरैभन्दा धेरै भाँडा बिक्री भए हुन्थ्यो तर उनीसँग भाँडा किन्नेहरूभन्दा पनि उनीहरूसँगै बसेर फोटो खिचाउनेको भीड बढी थियो ।​

आगन्तुकहरू तपाईं कहाँको राउटे ?, तपाईंको नाम के हो ? तपाईंले लगाउने लुगा केले बनेको हो ? यस्तै अनौठा प्रश्नहरू सोध्दै थिए ।

सम्मेलनमा सुदूरपश्चिमका चार जना राउटेहरूले ७० वटा कोशी (काठको भाँडो) बिक्री गर्नका लागि ल्याएको दीपकले बताए ।

दीपक यसअघि पनि काठमाडौं शहर आइसकेका छन् । उनले सुदूरपश्चिममा भाँडा बनाएर गाउँमा चामल, मकै र धानको साटो बेच्छन् । तर, काठमाडौंमा धान र मकै बोकेर फेरि घरसम्म पुग्न सास्ती हुने हुँदा भाँडा बेचेको सट्टा रुपैयाँ नै दिए हुन्थ्यो भन्ने आशा दीपकको रहेको छ ।

उनका अनुसार राउटे परम्पराअनुसार रुपैयाँ छुनु हुँदैन भन्ने मान्यता छ । ‘शहरमा भने रुपैयाँ न लिई सम्भव नहुने रहेछ,’ दीपक भन्छन्, ‘अब पैसा न छोए कसरी बाँचिन्छ ?’

दीपकले जङ्गलमा बस्ने राउटेले शहरीया जीवनसँग अलिकता आत्तिने गरेको अनुभव सुनाए । शहरको भीडभाड, अनि कोलाहलदेखि आफ्नो समुदायका मान्छे घुलमिल हुन निकै कठिन भएको उनले बताए । उनले शहरमा घुमेको अनुभव सुनाउँदै भने, ‘शहरका मान्छे धेरै बोल्छन् । हामीलाई झर्को लाग्छ ।’

सम्मेलनमा राउटे समुदायलगायत विभिन्न जनजाति समुदायको कला संस्कृति, परिकार, रहनसहन र खानपान झल्किने जीवनशैलीसमेत प्रदर्शनमा राखिएको छ ।

जसमा संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ) नेपालले परम्परागत खाद्यको प्रवर्द्धन गर्न खाद्य प्रदर्शन गरेको थियो ।

कोदो, फापर, मकै, गहुँजस्ता अन्नबालीको नमूना प्रदर्शनमा राखेर स्वास्थ्यवर्द्धक र पौष्टिक आहार खानपान गर्ने सन्देश दिन खोजिएको एफएओ नेपालका कार्यक्रम प्रमुख मधुकुमार विश्वकर्माले बताए ।


प्रकाशित : २०८२ माघ २५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप