लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आईसीसीले निःशुल्क दिइरहेको विश्वकप लाइभका लागि स्टाइक्स नेपालले किन लिँदैछ रु ३९९ ?*

काठमाडौँ । शनिबारदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा सुरु भएको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का खेलहरू आईसीसीको आधिकारिक वेबसाइटमा निःशुल्क लाइभ भइरहेका छन् । तर नेपाली उपभोक्तासँग स्टाइक्स नेपाल नामक प्लेटफर्मले भने यसको लागि ३९९ रुपैयाँ शुल्क लिइरहेको छ ।

जब कि नेपाल समेत सहभागी यस प्रतियोगिताको लाइभ स्ट्रिमिङ आईसीसीले नेपाली कमेन्ट्रीसहित (नेपालको खेलमा) विभिन्न भाषामा निःशुल्क उपलब्ध गराएको छ ।

 आईसीसीको वेबसाइटमा आधिकारिक ब्रोडकास्टिङ अधिकार प्राप्त गर्ने प्लेटफर्मको सूचीमा नेपालका लागि कान्तिपुर टेलिभिजनको नाम उल्लेख छ । सोही अन्तर्गत नेपालका लागि डिजिटल राइट आफूले लिएको स्टाइक्स नेपालले जनाएको छ । (यो समाचार तयार पारिसकेपछि आईसीसीको वेबसाइटमा स्टाइक्स नेपालको नाम समावेश भएकोले  यो समाचार सच्याइएको छ)

स्टाइक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले सुरुमा आफूले कान्तिपुर टेलिभिजनबाट सब-लाइसेन्स लिएको बताए । सुरुमा यो समाचार तयार पार्दासम्म आईसीसीको वेबसाइटमा भने स्टाइक्स नेपालको नाम थिएन । सो प्रसङ्गमा पछाईले भनेका थिए,  “हाम्रो नाम आईसीसीमा हुनुपर्ने हो, के भएर नराखिएको हो म बुझ्छु । स्ट्रिमिङ हामीले आईसीसीबाट पाउने हो । स्ट्रिमिङ खुद्रा आउँदैन । उताबाट राइट्सको स्ट्रिमिङ आउने हो ।”

आईसीसीले निःशुल्क देखाएको खेलका लागि शुल्क किन भन्ने प्रश्नमा पछाईले नेपालमा स्पोर्ट्स कन्टेन्ट स्थापित गर्ने प्रयास गरेको र आईसीसी टीभीको स्ट्रिमिङ गुणस्तरमा समस्या रहेको दाबी गरे । उनले आईसीसीले नेपालमा ‘को-एक्सक्लुसिभ राइट्स’ बेचेको पनि बताए । यद्यपि टेले परीक्षण गर्ने क्रममा आईसीसीटीभी (वेबसाइट)मा लाइभ हेर्न कुनै जटिलता नभएको र गुणस्तरमा पनि कुनै समस्या नरहेको पाइएको छ ।

पछाईले को-एक्सक्लुसिभ राइट पाएको दाबी गरे पनि आईसीसीले गत डिसेम्बरमा नेपालमा नन्-एक्सक्लुसिभ मिडिया राइट्सका लागि आशयपत्र माग गरेको थियो । कान्तिपुर टेलिभिजनले राखेको म्याच पोस्टरमा स्टाइक्स नेपाललाई डिजिटल स्ट्रिमिङ पार्टनरको रूपमा उल्लेख गरिएको छ । स्टाइक्स नेपालले नेपालमा डिजिटल राइट्स पाएको वा नपाएको यकिन गर्न र उक्त कम्पनीले उपभोक्ताबाट शुल्क उठाएको विषयमा आईसीसीबाट आधिकारिक प्रतिक्रिया लिने प्रयास समेत   गरेको   । यद्यपि यो सामग्री तयार पार्दासम्म आईसीसीको जवाफ प्राप्त भइसकेको छैन ।


प्रकाशित : २०८२ माघ २६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप