लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

समानुपातिकमा ६० लाख बढी मत गणना : यही अनुपात रहे कुन दलले कति सिट पाउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ । अहिलेसम्मको मतगणना कुल खसेको मतको ५४ प्रतिशत हो । प्रतिनिधिसभा निर्वाचनमा करिब एक करोड १० लाख मत खसेको थियो ।

शुरुमा गणना हुँदा कुल सदर मतको ६० प्रतिशतसम्म मत पाएको रास्वपाले अहिले २९ लाख ३० हजार मत पाएको छ । उसको त्यो मत अनुपात ४९ प्रतिशत मात्रै हो । यो अनुपात उसले अन्तिम समयमसम्म पनि कायम राखे उसले समानुपातिकमा करिब ६० सिट पाउनसक्छ ।

५९ लाख ७४ हजार मत गणना हुँदा कांग्रेसले ९ लाख ८३ हजार मत पाएको छ । यो अनुपात कायम रहे कांग्रेसले २० सिटसम्म पाउन सक्छ । कांग्रेसले पाएको यो मत साढे १६ प्रतिशत हो ।

एमालेले ८ लाख ४८ हजार मत पाएको छ । १४ प्रतिशत मत पाएको उसले यो अनुपात अन्तिमसम्म कायम रहे करिब १८ सिट पाउने देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको ४ लाख ८ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले  यही अनुपात कायम रहे ८ सिट पाउन सक्छ ।

राप्रपाले २ लाख १० हजार मत पाएको छ । साढे ३ प्रतिशत मत पाएको राप्रपाले यो अनुपात कायम रहे ४ सिट पाउन सक्छ ।

श्रम संस्कृति पार्टीको एक लाख ६० हजार मत छ । साढे दुई प्रतिशतभन्दा केही बढी मत पाएको उसको ३ प्रतिशतको थ्रेसहोल्ड कटिसकेको छैन ।


प्रकाशित : २०८२ फाल्गुन २५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप