लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सिनेमा हल, जिमखाना, डान्स बार र , पार्टी प्यालेसमा पनि भिड गर्न निषेध

सरकारले केही समयका लागि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गराउने निर्णय भएको छ। त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी संचालन गर्नुपर्ने मापदण्ड तोकिएको छ। जथाभावी समानहरु छुन पनि रोक लगाउन निर्देशन दिएको छ।

त्यस्तै, पार्टी प्यालेसमा कूल क्षमता एक तिहाई मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी संचालन गर्न दिने निर्णय भएको छ।

जारी खेलकुदमा पनि मन्त्रिपरिषद बैठकका निर‍्णयले प्रभाव पार्ने भएको छ। कुनै पनि प्रतियोगितामा कूल क्षमताको एक तिहाई मात्र दर्शकले प्रतियोगिता हेर्न पाउने छन्। खेल आयोजकको खर्चमा उपस्थित दर्शक मध्ये र्‍यान्डमली छनोट गरेर एक तिहाईको एन्टिजेन परीक्षण गर्नपर्ने पनि निर्णय गरिएको छ।

बिवाह, ब्रतबन्ध लगायतका कार्यक्रमका लागि पनि सीडीओबाट स्वीकृति लिनुपर्ने र ५० जनाभन्दा कम मात्र उपस्थित हुन पाउने व्यवस्था लागू गरिएको छ।


प्रकाशित : २०७८ माघ २, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप