लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रतिनिधिसभा बैठक पनि अनिश्चित समयको लागि स्थगित

रतिनिधि सभाको बैठक अनिश्चित समको लागि स्थगित भएको छ।

सोमवारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। त्यस्तै, भोलिका लागि नै बोलाइएको राष्ट्रिय सभा समेत स्थगित भइसकेको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले विशेष कारणवस बैठक स्थगित भएको जानकारी दिए। यसअघि पुस २८ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक माघ ३ गते सम्मका लागि सारिएको थियो।

पछिल्लो समय नेकपा एमालेले दुवै सदन अवरुद्ध गर्दै विरोध गर्दै आइरहेको छ। एमालेले हिउँदे अधिवेशनको सुरुदेखि नै बैठकमा विरोध जनाउँदै आएको हो। माधवकुमार नेपाल लगायतका सांसदलाई कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा नभएसम्म संसद बैठकमा अवरोध कायमै रहने एमालेले बताउँदै आएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै अवरोध हटाउन आग्रह गरे पनि अवरोध कायमै रहने एमालेले जनाएको छ।


प्रकाशित : २०७८ माघ २, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप