लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

तपाईंको मास्क खोई ? ११ हजार बढीलाई मास्क वितरण

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ११ हजार ९० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

उक्त कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १४ लाख ७९ हजार ५ सय ६५ जनालाई निःशुल्क मास्क वितरण गरिएको केन्द्रिय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ६५ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १३ हजार २९ जनालाई सचेत गराइएको छ ।

तर बाँकेमा भने सर्वसाधारणमा माक्स प्रयोग न्युन देखिन्छ । भिड भाड हुनेसहर नेपालगञ्ज, कोहलपुरमा स्वास्थ्य मापदण्ड अपनाइएको पाइदैन । विगतमा बाँके प्रहरीले पनि सवारी साधनका चालक तथा बाटोमा हिलडुल गर्नेलाई माक्स चेकजाँच गर्दै आएको भए पनि हाल त्यस्तो गरेको पाइदैन । दास्रो लहरमा बाँके प्रहरीले चोक चोकमा कडा रुपमा माक्स प्रयोग भएको नभएको निग्रानी गर्दैआएको थियो ।


प्रकाशित : २०७८ माघ ३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप