लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नेपालमा ‘ओमिक्रोन’ बढेसंगै तनावमा ‘विद्यार्थी र श्रमिक’

बिश्वका बिभिन्न देशहरुमा कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि तथा बढने क्रम कायमै भएपछि नेपालबाट विदेशका लागि तयारी गरिरहेका विद्यार्थी, बिभिन्न बिद्यालयमा अध्यनरत र श्रमिकहरु अहिले मानसिक तनावमा रहेका पाइएको छ ।

उच्च शिक्षाका हासिल गर्न, पढाई संगै श्रम र विद्यार्थी जिवन र वैदेशिक रोजगारीमा जान तयारी गरिरहेका र तयारीमा रहेका श्रमिकहरूका सथै देश भित्र श्रम गरिरहेकाहरु यति बेला मानसिक तनावमा रहेका बुझिएको छ । उनीहरु बढदो कोभिडका कारण चिन्ता व्यक्त गर्न थालेका छन् ।

अहिले नेपालमा पनि कोरोनाको नयाँ भाइरस ओमीक्रोन फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ २ गतेको तथ्यांक अनुसार हाल सम्म नेपालमा ५०,०४,२३४ पिसिआर परिक्षण गर्दा ८,५३,७३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ८,८७,५९५ वटा एन्टीजेन परिक्षण गर्दा १,०१,४६८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जसमा निको भएका ८१६४३८ जना रहेका छन । जुन ९५.६ प्रतिशत रहेको मन्त्रालयको रिर्पोटले जनाएको छ । हाल सम्म मृत्यु तर्फ ११,६२० रहेका छन ।

मन्त्रालयले जारी गरेको रिर्पोटमा पछिल्लो २४ घण्टामा ४,९६१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा १५,१३१ वटा किट परिक्षण गरिएको थियो । त्यस्तै, ४३५ जना डिस्र्चज, मृत्यु ३ जना र सकृय संक्रमित २५,६८० रहेका छन ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिले फैलिरकोले सरकारले सोमबार देखि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले बताए । उनले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्दै कोभिड रोकथाम तथा नियन्त्रण गर्न केही समयका लागि यस्तो निणर्य गरिएको बताए ।

उनले भने, ‘धार्मिकस्थलमा जनस्वास्थ्य सम्बन्धित मापदण्ड पालना गरेर नित्यकर्म धार्मिक पूजा गर्न पाउने, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाई मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी सञ्चालन गर्न दिने निणर्य गरिएको छ ।

बढदो संक्रमणका कारण सरकारले सबै सार्वजनिक स्थलमा २५ भन्दा धेरैको जमघट गर्न लगायत बिभिन्न क्षेत्रमा प्रतिबन्ध लगाउँदैछ ।

जसपछि सर्वसाधारणहरुमा कोरोना संक्रमणका क्रास संगै पुन लकडान हुने होकी भन्ने चिन्ता व्यक्त गर्दैछन । नेपालमा सबै भन्दा पहिला दुई जना विदेशी नागरिकमा यो भेरियन्ट फेला परेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । सरकारले सबै स्थानिय तहमा पनि सर्तकता अपनाउन आदेश दिइसकेको छ । मुख्यता सिमानाकामा कडा निग्रानी राख्न आदेश गरेको छ ।

कतिपय मुलुकले अन्तराष्ट्रिय यात्रामा समेत प्रतिबन्ध लगाइसकेको र केहीले लगाउन सक्ने अनुमानका बीच उनीहरूले चिन्ता व्यक्त गरिरहेका छन ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम भएको बताइरहँदा नेपालले समेत विभिन्न देशबाट आउने यात्रुलाई कडाइ गरिएको छ ।

यता त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले तीब्र रुपमा फैलिरहेको कोभिडको सम्भावित जोखिम नियन्त्रणका लागि विश्वविद्यालय अन्तर्गतका सम्बन्धित सबैलाई सम्पूणर् विभाग तथा आंगिक क्याम्पसहरुले माघ १० गते सम्म हिउँदो/वर्षे विदा दिईसकेको छ । पठनपाठन अनिवार्य देखिएमा अन्लाईन कक्षा संचालन गर्न समेत जनाइएको छ ।

त्यस्तै, बिभिन्न जिल्लाहरुमा स्र्माट लकडाउन समेत लागुगरिसकेको छ । दाङमा स्मार्ट लकडाउन अन्र्तगत होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु साँझ ७ बजे सम्म मात्र खोल्न दिने निणर्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, पश्चिम नेपालकै ठूलो नाका भएको बाँकेमा कोभिड कार्ड अनिवार्य गरिएको छ । सबै कार्यालयमा कोभिड कार्डभए मात्र प्रवेश दिने प्रणली लागु गरिएको भए पनि निणर्यमा मात्र सिमित भएको बुझिएको छ । कुनै पनि कार्यालयमा लागु वा अनिवार्य गरिएको देखिदैन । यस्तै, नेपालगञ्जमा भिडभाड हुने स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको देखिदैन । दैनिक सभा जुलुस जारी नै छ । सर्वसाधारणले पनि स्वास्थ्य मापदण्ड अपनाएको देखिदैन ।

नेपालगञ्ज स्थीत बिभिन्न इन्सिट्युटमा अध्यनरत बिद्यार्थी, बाहिरका लागि तयारी गरिरहेकाहरु श्रमिक, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु संग सम्र्पक गर्दा उनीहरुको अनुहारमा फेरी पनि विगत जस्तै समय दोहोरिने हो की भन्ने चिन्ता देखिन्छ ।

त्रिभिवन विश्वविद्यालय अन्र्तगतको नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसका शिक्षक मधु पौडेल अनुसार बिद्यार्थी लगायत शिक्षकलाई समेत समस्या उत्पन्न भएको छ ।

उनले भने, ‘समयमा कोर्स सम्पन्न नहुदाँ र अनलाईन पनि प्रभावकारी नहुदाँ बिद्यार्थीलाई प्रेसरमा पढनुपर्ने बाध्यता छदैँछ । यसका साथै बेरोजकारको समस्या पनि उत्पन्न हुन्छ ।’

उनले स्पष्ट पार्दै भने, ‘खास गरि बोडिङ स्कुलका शिक्षक झनै गार्‍हो छ । उनीहरुले पढाए पछि मात्र पारिश्रमिक पाउँछन जसले बेरोजगारीको समस्या उत्पन्न हुन्छ ।’

यसको लागि स्थानिय सरकारले अन्लाईन कक्षा स्थाई ढंगले समेटनुपर्ने शिक्षकले बताउँछन । शिक्षक पौडेलले यसको लागि स्थानिय सरकारले नेपालटेलिकम संग सम्झौता गरेर शिक्षकका लागि अन्लाईनको व्यवस्था गनुपर्ने बताउँछन ।

पछिल्लो समय अन्लाईन कक्षा संचालन गरिएको भएपनि प्रभावकारी नभएको बिद्यार्थीले बताउँछन । अविभावकले स्कुललाई पुणर् शुल्क तिरेपनि शिक्षकले भने आधामात्र पारिश्रमिक पाएको बताउँछन ।

सरकार वा सम्बन्धित निकायले अनुगमनको बाटोलाई पनि नियमित जारी राख्नुपर्ने देखिन्छ ।


प्रकाशित : २०७८ माघ ३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •