लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

बन्द कोठामा बालेको कोइलाले ४ जनाको ज्यान लियो !

सुर्खेत – कोठामा न्यानोको लागि झ्याल ढोका बन्दगरी बालिएको कोइलाबाट तीन बालकसहित चार जनाको ज्या’न गएको छ । पुस ३० गते शुक्रवार साँझ खाना खाएर सुत्ने खाटमुनि न्यानोका लागि कोइला राखी सुतेका वीरेन्द्रनगर नगरपालिका—१० बुदबुदीका ३० वर्षीया कल्पा बुढासहित चार जनाको ज्या’न गएको हो ।

मृत्यु हुनेमा कल्पासहित उहाँका नौ वर्षीय जेठो छोरा निरज बुढा, सात वर्षीय कान्छो छोरा चिरन्जीवि बुढा र भदै नाता पर्ने पाँच वर्षीय सोमराज बुढाको मृ’त्यु भएको छ । शुक्रवार साँझ सुतेका उहाँहरु शनिवार साँझ ४ बजेपछि मात्रै मृ’त अवस्थामा फेला परेको स्थानीयको भनाई छ । ७७ वर्षीय ससुरा वीरबहादुर बुढाले शनिवार साँझ ४ बजेसम्म पनि बुहारी र नातिहरु कतै नदेखेपछि खोजी गर्दा सुतेको ढोका बन्द रहेको र पछि झ्यालबाट हेर्दा सुतिरहेको पाइएको बताउनुभयो ।

शुक्रवार साँझ बुहारी कल्पाले फलामे तसलामा आगोको कोइला लिएर कोठा तातो बनाउने भन्दै आफ्नो कोठामा गएको बुढाले बताउनुभयो । बालक निरज कक्षा ४ मा, चिरन्जीवि कक्षा २ मा र सोमराज कक्षा १ मा घर नजिकै एक निजी विद्यालयमा अध्ययनरत थिए ।

कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटको शिवालय गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ । श्रीमान शनिवार राती सुर्खेत आएपछि प्रहरीको सहयोगमा कोठा खोलिएको थियो । आइतवार विहान मृ’त’क चारै जनाको श’वको मु’चु’ल्का उठाइ पो’ष्ट’र्मा’ट’म’का लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । बुढा जाजरकोट शिवालय गाउँपालिका—६ टाटागुँयलाका स्थायी बासिन्दा हुनुहुन्छ ।

निस्सासिएर मृत्यु
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कोइलाका कारण अक्सिजनको कमी भई निस्सासिएर चार जनाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले खाटमुनि कोइलाको भाँडा रहेको र झ्याल ढोका बन्द रहेको अक्सिजनको कमीले उहाँहरुको निस्सासिएर मृ’त्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो ।

कोइला हिटर नबाल्न आग्रह
चिकित्सकहरुले पनि न्यानोका लागि कोठा वन्द गरेर कोइला, हिटर नबाल्न आग्रह गरेका छन् । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. नवराज केसीले वन्द कोठाभित्र कोइला, हिटर बालेर सुत्दा कार्वनडाइअक्साइड र कार्वन मोनोअक्साइड ग्याँस उत्पादन हुने बताउनुभयो । अक्सिजनको कमी भएपछि बेहोस भई मृ’त्यु हुनेगरेको उहाँले बताउनुभयो । सानो लापरबाही गर्दा ठूलो क्षति हुनसक्ने भएकाले जाडोयाममा कोठा वन्द गरेर हिटर, कोइला नबाल्न उहाँले आग्रह गर्नुभयो । – गोरखापत्र दैनिक बाट


प्रकाशित : २०७८ माघ ३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •