लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

कर्णालीमा गठबन्धनसँग एमाले दोब्बर मतअन्तरले पराजित हुँदै

माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा ३ सिटका लागि सत्तारुढ गठबन्धन र विपक्षी दलका ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । तर, मतभारको आधारमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले कर्णाली प्रदेशमा संयुक्त उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले छुटै उम्मेदवारी दर्ता गराएको छ । कर्णाली प्रदेशमा प्रतिपक्षी एमाले र राप्रपाका एक सांसद मिल्दासमेत सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न नसक्ने देखिन्छ । एमाले र राप्रपाका एक सांसद बाहेक अरु सबै दल पाँच दलीय गठबन्धनमा छन् । कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ३ सिटमा ६ जनाले प्रतिस्पर्धा गर्दैछन् । तीन वटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । र, तीनै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ ।

महिलातर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका दुर्गा गुरुङ र पमुख प्रतिपक्षी एमालेका गंगा थापा (महत)ले उम्मेदवारी दर्ता गराएका छन् । अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझीले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्मा प्रतिस्पर्धामा रहेका छन् ।

कसको मतभार कति ?
कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ५० जना छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थायीतहका प्रमुख, उपप्रमुखको मतभार १८ हुन्छ । कर्णाली प्रदेशमा जम्मा मतभार ४३ सय ८० रहेको छ । प्रदेशसभाका सदस्यको १६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको मतभार २७ सय हुन्छ ।

सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्रको सबैभन्दा बढी मतभार रहेको छ । माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ५२ रहेको छ । जसको मतभार १५ सय १२ हुन्छ । कांग्रेसको कर्णालीमा प्रदेशमा सांसद संख्या ६ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ४० रहेको छ । जसको मतभार १ हजार ८ हुन्छ ।

एकीकृत समाजवादीको कर्णाली प्रदेशमा ३ जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या १३ रहेको छ । एकीकृत समाजवादीको मतभार ३ सय ७८ हुन्छ । सत्तारुढ गठबन्धनमा आवद्ध जसपाको सांसद र प्रमुख, उपप्रमुख कर्णाली प्रदेशमा शून्य छ । प्रमुख प्रतिपक्षी दल एमालेको कर्णाली प्रदेशमा सांसद संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४५ छ । यस आधारमा एमालेको मतभार १४ सय ३४ हुन्छ । त्यसैगरी, राप्रपाको सांसद संख्या १ रहेको छ । जसको मतभार ४८ हुन्छ ।

कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार २८ सय ९८ हुन्छ । सत्तारुढ दलबाहेकका एमाले र राप्रपाका एक सांसदबीच गठबन्धन गर्दा उनीहरुको मतभार १४ सय ८२ मात्रै हुन्छ । राप्रपाको एक सांसदले एमालेलाई समर्थन गर्दा पनि एमाले दोब्बर मतअन्तरले पराजित हुने देखिन्छ । मतभारलाई नै आधार मान्ने हो भने कर्णालीमा सत्तारुढ गठबन्धन नै बिजयी हुने देखिन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवार मत मागिरहेका छन् । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूहतर्फको १९ पदका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ । पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवार सबै प्रदेशमा पराजीत हुने मतभारले देखाउँछ ।


प्रकाशित : २०७८ माघ ४, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •