सुर्खेत । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै यसको रोकथाम तथा नियन्त्रणको गृहकार्य थालनी भई सकेको छ । सोही अनुरुप कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) फैलन सक्ने जिल्लाहरुलाई रेडजोनमा राखि स्मार्ट लकडाउन शुरु गरिएको छ ।
पहिलो र दोस्रो लहर कर्णालीमा व्यापक फैलिएको थियो । सिमित स्वास्थ्य पूर्वाधार भएको कर्णालीमा यि दुवै लहर फैलदा यहाँका अस्पतालले विरामीहरुको चाप थेग्न सक्ने अवस्था थिएन । कर्णालीमा अहिलेसम्म नयाँ भेयिन्ट पुष्टि भने भइ सकेको छैन । नयाँ भेरियन्ट रोकथामका लागि प्रदेश सरकार जुटेको बताईएको छ । कोरोनाको तेस्रो भेरीयन्टसँग जुध्न र जनताको स्वास्थ्य सुरक्षाको प्रत्याभुतिका लागि लाग्न कर्मचारी तथा मातहतका निकायलाई कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्देशन दिइ सकेका छन् । शाहीले नयाँ भेरियन्टसँग जुध्नका लागि कुनै पनि कुराको अभाव हुन नदिनेसमेत बताएका छन् ।
जसका लागि आवश्यक वजेटको प्रवन्धसमेत मिलाई सकेको दावी गरेका छन् । नयाँ भेरियन्टसँग जुध्नका लागि प्रदेश सरकारले कणर्ालीका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि करिव २ करोड ४८ लाख बजेट व्यवस्था गरेकोसमेत बताउँदै आएका छन् । मुख्यमन्त्री शाहीले प्रदेशका सबै स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई पूणर् तयारी आई अलर्ट अवस्थामा राखिएको जानकारी दावी गरेका छन् ।
स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकास, अक्सिजन प्लान्ट सञ्चालन तथा स्वास्थ्यकर्मीको परिचालनको उचित प्रवन्ध मिलाइएको प्रदेश सरकारले जनाएको छ । कणर्ालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका लागि एम्बुलेन्स खरिदका लागि करिव ८० लाख बरावर वजेट विनियोजन गरि पठाइएको प्रदेश सरकारको भनाई छ ।
उक्त विनियोजित वजेटबाट प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानका लागि एम्बुलेन्स खरिद गरिने बताइएको छ । यस्तै शववाहन खरिदका लागि ४८ लाख वजेटको व्यवस्था गरिएको छ । जसअनुसार स्वास्थ्य सेवा कार्यालय दैलेख, कालिकोट, सल्यान र स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमलाई प्रति अस्पताल १२ लाखका दरले शववाहन खरिद गर्न वजेट निकासा गरी पठाएको कर्णाली सरकारको दावी छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको लागि आवश्यक मेसिनरी औजार खरिदका लागि क्रमश ३८ लाख र २ करोड वजेट विनियोजन भएको छ ।
यस्तै पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगरको कोभिड-१९ अस्पतालको व्यवस्थापकीय खर्चको लागि १० लाख बराबरको वजेट विनियोजन गरिएको छ । यस्तै कर्णालीका १० वटै जिल्लाका ६६ स्थानीय सामुदायिक स्वास्थ्य ईकाहरुमा करिव ३ करोड बजेट विनियोजन गरिएको प्रदेश सरकारको भनाई छ । पहिलो र दोस्रो कोरोना लहरका बेला अक्सिजनको चरम अभाव भएको कणर्ालीमा यस पटक ८ वटा अक्सिजन प्लान्ट निर्माणको गृहकार्यमा प्रदेश सरकार लागेको छ ।
जसका लागि कणर्ाली प्रदेश अस्पतालमा थप १, वीरेन्द्रनगर नगर अस्पतालमा १, गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा १, जिल्ला अस्पताल दैलेखमा १, कालिकोटमा १ रुकुम पश्चिममा १ गरी जम्मा ८ वटा अक्सिजन प्लान्ट स्थापना गरिने छ ।
कणर्ाली भित्रने मूख्य नाका भेरीगंगाको बबईबाट भित्रने नागरिकका लागि भेरीगंगा-१२ मा सरुवा रोग अस्पताल निर्माण हुने स्थानमा हाललाई होल्डिङ्ग सेन्टर निर्माणको कार्य सुरु भएको जनाइएको छ । यस्तै सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकाको कुइनेमा १५ बेडको आइसोलेशन सेन्टर सञ्चालनमा आइसकेको प्रदेश सरकारले जनाएको छ ।
यी स्वास्थ्य केन्द्रहरुको निर्माण नगरपालिका, प्रदेश सरकार र विभिन्न दातृ निकायको सहयोगबाट निर्माण गरिएका हुन् । भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी तथा सल्यानको कपुरकोटमा सञ्चालन भई हाल बन्द भएका क्वारेन्टिन तथा आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ । हाल कर्णालीमा २४५ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
यो तथ्यांक वितेको एक महिनाको हो । जसमध्ये २२८ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसन रहेका छन् । कर्णालीमा हालसम्म ३३.६ प्रतिशतले पूणर् खोपको मात्रा प्राप्त गरेका छन् । यस्तै ४५.४ प्रतिशत नागरिकले पहिलो मात्रा खोप प्राप्त गरेका छन् ।
सुर्खेत प्रशासनले बार अनुसार कार्य सम्पादन गर्ने
यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले कार्यालयबाट प्रदान गरिने सेवामा बार प्रणाली लागु गरेको छ । कार्यालयमा सेवाग्राहीको भिडभाड हुन थालेको र कोभिड-१९ को नयाँ भेरियन्टको प्रभाव बढ्न सक्ने भन्दै प्रशासनले बार प्रणाली लागु गरेको हो ।
बार प्रणर्ाली आगामी माघ १० गतेबाट लागु हुनेछ । कार्यालयमा बढेको भिडभाडले कोरोना जोखिम हुनसक्ने जनगुनासो बढेपछि प्रशासनले यस्तो कदम चालेको हो ।
बार प्रणाली अन्तरगत आइतबार र शुक्रबारका दिन लेकबेसी नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने छ । यस्तै वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाको पालो मंगलबार तोकिएको छ, भने सोमबार र मंगलबार भेरीगंगा नगरपालिका, चिंङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकाका नागरिकले सेवा लिने गरी पालो तोकिएको छ ।
गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका नागरिकले भने बुधबार र विहीबार कार्यालयबाट सेवा लिन सक्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले जानकारी दिए । प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले अनिवार्य स्वास्थ्य मापदण्डसहित खोपकार्ड अनिवार्य साथमा ल्याउनु पर्नेछ ।