नयाँदिल्ली । भारतको पश्चिम बंगालका एक जोडीले कोभिड नियन्त्रणका लागि सरकारले तोकेका सुरक्षा नियमहरू उल्लंघन नगरिकनै सानदार रात्रि भोजका साथ आफ्नो विवाह सम्पन्न गर्ने गजबको जुक्ति निकालेका छन् ।
सन्दीपन सरकार र अदिती दासबीच यही २४ जनवरीमा विवाह हुँदैछ । उनीहरूले ४५० जना पाहुना आमन्त्रण गर्ने योजना बनाइसकेका छन् । उनीहरूले आफ्नो विवाह कार्यक्रममा गुगल मिटमार्फत सहभागी हुन आग्रह गर्नेछन् । साथै प्रत्यक सहभागी पाहुनालाई जामातो अनलाइन मार्फत स्वादिष्ट खाना पुर्याइने छ ।
सन्दीपनकाअनुसार उनीहरूले गत वर्ष नै विवाह गर्ने योजना बनाएका थिए । तर कोरोना महामारी तगारो बन्यो । यसपालि पनि स्वास्थ सुरक्षालाई मध्येनजर राख्दै सरकारले पाहुनाको सीमा संख्या २०० तोकेपछि बुद्धवान निवासी यस जोडीले गुगल मिटको सहारा लिन खोजेका हुन् ।
पाहुनाहरूले आरामसँग आफ्नै घरमा बसेर जोमातोमार्फत पठाइएको परिकार खान्दै भिडियो कन्फ्रेसिङ प्लेटफर्म प्रयोग गरेर विवाह कार्यक्रमको लाई टेलिकास्ट पनि हेर्न सक्ने छन् ।
अठाइस वर्षीय सन्दीपनले कोरोना समस्याको कारण चार दिने अस्पताल बसाइको क्रममा आफूलाई डिजिटल विवाहको जुक्ति सुझेको एनडीटीभीलाई बताएका छन् ।
उनको यस गजबको विवाहमा करिव १ सय देखि १२० जना पाहुनाको मात्र प्रत्यक्ष सहभागिता रहनेछ । बाँकी करिब ३ सय जना भन्दा बढीले डिजिटल सहभागिताबाट रमाइलो गर्नेछन् ।
कार्यक्रमको एकदिन अघि नै प्रत्येक अतिथिलाई कार्यक्रम हेर्नका लागि लिङ्क र पासवर्ड पठाइने छ ।