लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

युवा जोडीको ‘गुगल विवाह’मा सबै पाहुनाले भोज खान पाउने !

नयाँदिल्ली । भारतको पश्चिम बंगालका एक जोडीले कोभिड नियन्त्रणका लागि सरकारले तोकेका सुरक्षा नियमहरू उल्लंघन नगरिकनै सानदार रात्रि भोजका साथ आफ्नो विवाह सम्पन्न गर्ने गजबको जुक्ति निकालेका छन् ।

सन्दीपन सरकार र अदिती दासबीच यही २४ जनवरीमा विवाह हुँदैछ । उनीहरूले ४५० जना पाहुना आमन्त्रण गर्ने योजना बनाइसकेका छन् । उनीहरूले आफ्नो विवाह कार्यक्रममा गुगल मिटमार्फत सहभागी हुन आग्रह गर्नेछन् । साथै प्रत्यक सहभागी पाहुनालाई जामातो अनलाइन मार्फत स्वादिष्ट खाना पुर्‍याइने छ ।

सन्दीपनकाअनुसार उनीहरूले गत वर्ष नै विवाह गर्ने योजना बनाएका थिए । तर कोरोना महामारी तगारो बन्यो । यसपालि पनि स्वास्थ सुरक्षालाई मध्येनजर राख्दै सरकारले पाहुनाको सीमा संख्या २०० तोकेपछि बुद्धवान निवासी यस जोडीले गुगल मिटको सहारा लिन खोजेका हुन् ।

पाहुनाहरूले आरामसँग आफ्नै घरमा बसेर जोमातोमार्फत पठाइएको परिकार खान्दै भिडियो कन्फ्रेसिङ प्लेटफर्म प्रयोग गरेर विवाह कार्यक्रमको लाई टेलिकास्ट पनि हेर्न सक्ने छन् ।

अठाइस वर्षीय सन्दीपनले कोरोना समस्याको कारण चार दिने अस्पताल बसाइको क्रममा आफूलाई डिजिटल विवाहको जुक्ति सुझेको एनडीटीभीलाई बताएका छन् ।

उनको यस गजबको विवाहमा करिव १ सय देखि १२० जना पाहुनाको मात्र प्रत्यक्ष सहभागिता रहनेछ । बाँकी करिब ३ सय जना भन्दा बढीले डिजिटल सहभागिताबाट रमाइलो गर्नेछन् ।

कार्यक्रमको एकदिन अघि नै प्रत्येक अतिथिलाई कार्यक्रम हेर्नका लागि लिङ्क र पासवर्ड पठाइने छ ।


प्रकाशित : २०७८ माघ ५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप