लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मास्क लगाउन अटेर गरे जरिवाना

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाउने व्यक्तिलाई जरिवाना तिराउने भएको छ । प्रशासनले भोलीदेखि यो नियम लागु गर्न लागेको हो ।

कोभिड–१९ संक्रमण दर बढ्दै गएकोले संक्रमण रोकथामका लागि यसअघि नै जिल्लामा ‘स्मार्ट लकडाउन’ लागु गरिसकिएको छ । तरपनि मास्क लगाउन अटेर गर्ने गरेको पाइएपछि जरिवाना तिराउन बाध्य भएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टसहितको टोलीले मास्क लगाए वा नलगाएको आज अनुगमन गरेको छ । टोलीले बसपार्क, मंगलगढि चौक लगायतका स्थानमा अनुगमन गरी मास्क नलगाएका व्यक्तिलाई मास्क समेत वितरण गरेको छ । उक्त अनुगमनबाट अधिकांश नागरिकले कोभिड–१९ बेवास्ता गरी मास्क लगाउन अटेरी गरेको पाइएपछि भोलीदेखि जरिवाना तिराउन लागिएको प्रजिअ रिजालले जानकारी दिए ।

‘अनुगमनबाट बुझ्दा अधिकांश नागरिक मास्क लगाउन अटेर गरेको पाइयो’ प्रजिअ रिजालले भने, ‘आज पहिलो चरणमा सम्झाई–बुझाई गरेका छौं । भोली शनिबारदेखि जरिवाना तिराउछौं ।’

सरुवा रोग संक्रमण नियन्त्रण सम्बन्धी मापदण्ड बमोजिम मास्क नलगाउनेलाई जरिवाना तिराउने प्रजिअ रिजालले बताए ।


प्रकाशित : २०७८ माघ ७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप