लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

कोरोनाको जोखिम बढेपछि मुख्यमन्त्री शाहीले गरे तपाईंको मास्क खै’ अभियानको शुभारम्भ

सुर्खेतमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान शुभारम्भ गरिएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार बिहान ८ बजे राजधानी सुर्खेतको मंगलगढीबाट तपाईंको मास्क खै’ अभियानको शुभारम्भ कणरली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नु भएको हो ।

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको तेस्रो लहरबाट बच्न कणरलीबासी सबैले माक्स लगाई सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि आ(आफ्नो ठाउमा कडाइ गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको बिरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुबेदीले बताए । यो अभियानको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन समिति सुर्खेतको अगुवाइ र बिरेन्द्रनगर नगरपालिकाकाको समन्वयमा संचालन भएको हो ।

अभियान अन्र्तगत शुरूको दिन माक्स नलगाई हिड्नेलाई माक्स वितरण गरिएको र अन्य दिनहरूमा माक्स नलगाई हिड्नेलाई कारवाही गरिने सुबेदीले बताए । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको उनले बताए ।
‘तपाईंको मास्क खै’ कार्यक्रमको शुभारम्भ गदै मुख्यमन्त्री शाहीले, मास्क प्रयोग नगरी हिड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन, भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न समेत आग्रह गर्नु भएको छ । । माक्स खै अभियानमा जिल्लास्थित राजनितिक दलका प्रमुख, सुरक्षा निकायसंगै सरोकारवालाहरूको उपस्थितीमा सचेतनामुलक प्लेकार्डसहित बजार परिक्रमा गरिएको थियो । विश्वभर कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै कणरली प्रदेशमा सतर्कता अपनाउन थालिएको छ ।


प्रकाशित : २०७८ माघ ८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •