लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आउँदो महिना सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस२२, कस्ता होलान् फिचर ?

 सामसङले आउँदो फेब्रुअरीमा आफ्नो बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज सामसङ ग्यालेक्सी एस२२ सार्वजनिक गर्ने भएको छ । सामसङ ‘अनप्याक्ड २०२२ इभेन्ट’ मार्फत कम्पनीले यो सिरिज सार्वजनिक गर्ने भएको हो ।

सामसङ एमएक्सका प्रमुख टीएम रोले सामसङको आधिकारिक वेबसाइटमा ब्लग लेख्दै यसबारे जानकारी दिएका हुन् । यद्यपि फेब्रुअरीको कुन दिन यो सिरिज सार्वजनिक हुनेछ भनेर उनले खुलाएका छैनन् ।

एक विश्वसनीय लिकर आइस युनिभर्सले भने फेब्रुअरी ९ मा यो सिरिज सार्वजनिक हुने दाबी गरेको छ । रोले आफ्नो ब्लग पोस्टमा ‘एस’ सिरिजमा नयाँ क्यामेरा फोन आउने बताएका छन् ।

एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा गरी तीन माेडलमा सिरिज सार्वजनिक हुनेछ ।

एस२२ अल्ट्रा माेडलमा चार वटा क्यामेरा सेटअप हुने बताइएकाे छ, जसमा मुख्य सेन्सर १०८ मेगापिक्सेलको हुनेछ । त्यस्तै फोनमा एस पेन र नयाँ स्न्यापड्रागन ८ जेन १ चिप जस्ता मुख्य विशेषता रहनेछन् ।

यसअघि बाहिरिएका विवरण अनुसार याे फाेनमा १ टीबी स्टोरेज भेरियन्ट समेत हुनेछ । त्यस्तै फोनको डिस्प्ले ६.२ इन्चको हुने पनि अनुमान छ । एन्ड्रोइड १२ मा चल्ने फोनमा सामसङको पछिल्लो युजर इन्टरफेस वान यूआई ४.० रहनेछ ।

त्यस्तै याे सिरिजका तीनवटै फोनमा ‘कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्लस’ प्रयोग हुने भएको छ ।

कोर्निङले डेढ वर्षअघि गोरिल्ला ग्लास भिक्टस ल्याएको थियो । त्यसको नयाँ संस्करणको रूपमा ‘गोरिल्ला भिक्टस प्लस’ पहिलो पटक सामसङ एस२२ सिरिजमा प्रयोग हुने भएको हो ।


प्रकाशित : २०७८ माघ ९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप