लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन जना पक्राउ

काठमाडौं- चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहारका ३४ वर्षका शशिभूषण सिंह र भारत बिहारकै ३२ वर्षका कृष्ण मुरारी रहेका छन्।

प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार मिश्रा एलआरआई स्कुल कलंकीको परीक्षा केन्द्रबाट पक्राउ परेका हुन्। उनी नक्कली परीक्षार्थी हुन्।

यस्तै एलआरआई केन्द्रबाट नै पक्राउ परेका सिंह बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने हुन् भने नेपाली सेनाको मेडिकल कलेजबाट पक्राउ परेका मुरारी परीक्षामा अमर्यादित कार्य गरेको भन्दै पक्राउ परेका हुन्।(स्वास्थ्य खबर)


प्रकाशित : २०७८ माघ १०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप