लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

कोरोना संक्रमणको तेस्रो लहर : कर्णालीमा उपकरण छन्, जनशक्ति छैन्

सुर्खेत  ।   पछिल्लो दुई दिनदेखि कोरोना संक्रमितको संख्या उच्च छ । सुर्खेतसहित देशका ठूला शहरमा एकैदिन सयौं संक्रमित थपिदै गएका छन् । संक्रमितको अवस्था भने जटिल छैन । थोरै संक्रमितलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ । अहिलेकै गतिमा संक्रमित थपिदै गए एक महिनापछि संक्रमणको दर उच्च विन्दुमा पुग्ने आंकलन गरिएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञका अनुसार अबको दुई हप्तापछि दैनिक पाँच हजार संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने छ । यहीकारण स्वास्थ्यकर्मीहरुले बेलैमा सरकारलाई पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् । स्वास्थ्य पूर्वाधारमा कमजोर रहेको कर्णालीमा भने कोरोना प्रतिकार्यका लागि भरपर्दाे जनशक्ति छैन ।

 

सामान्य बेलामा पनि चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा कोरोना प्रतिकार्यका लागि थप समस्या हुने देखिन्छ । बर्षाैंदेखि स्वास्थ्यकर्मीको अभाव झेल्दै आएको कर्णालीमा पूर्वाधारका अभाव पनि उस्तै छ । ‘पहिलेदेखि कर्णालीमा जनशक्ति र पूर्वाधार कमजोर छ’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले भने, ‘अहिले कोरोनापछि बनेका पूर्वाधार सञ्चालन गर्नेको लागि पनि जनशक्ति पर्याप्त छैन ।’ कोरोना महामारीपछि स्वास्थ्य पूर्वाधारमा भने केही प्रगति भएको खड्काले बताए ।

उनका अनुसार जटिल संक्रमितका लागि धेरै पूर्वाधारहरु बनेका छन् । कोरोना संक्रममितकै लागि भनेर प्रदेशभर ५७ बेड आईसीयू र ३७ बेड भेन्टिलेर छुट्याइएका छन् । हुम्ला, डोल्पा र मुगु जस्ता दुर्गमका अस्पतालहरुमा पनि आईसीयू र भेन्टिलेटर छन् । हुम्ला र सल्यानबाहेक सबै जिल्लामा अक्सिजन प्लान्टहरु छन् । जटिल संक्रमितको उपचारको लागि आईसीयू र भेन्टिलेटर र अक्सिजन अत्यावश्यक मानिन्छन् । तर आईसीयू र भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति भने छैनन् ।

प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बाहेकका अस्पतालमा आईसीयू र भेन्टिलेटरहरु सञ्चालनका लागि जनशक्ति छैन । ‘ क्रिटिकल केयरका लागि जनशक्तिको हाहाकार नै छ’ डाक्टर खड्को भने, ‘प्रदेश अस्पताल र जुम्ला बाहेकका अस्पतालमा आईसीयु र भेन्टिलेटर चलाउने जनशक्ति छैन ।’ जनशक्ति र पूर्वाधार अभावकै कारण प्रदेशभर जटिल प्रकृतिका तीनसय जनासम्म संक्रमतिलाई उपचार गर्न सकिने छ ।

‘महामारीपछि स्वास्थ्य पूर्वाधारले फड्को मारेको छ, तर जनशक्ति अभाव हटेको छैन’ निर्देशक खड्काले भने, ‘प्रदेशमा आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि विशेषज्ञ जनशक्तिको अभावका कारण जटिल संक्रमितको उपचारमा समस्या नै हुन्छ ।’ यद्यपी प्रदेश सरकारले प्रदेशका स्वास्थ्य चौकीसहित २७ वटा अस्पतालहरुमा संक्रमितको उपचार गर्न सकिने दाबी गरेको छ ।

१२ वटा अक्सिजन प्लान्ट
कर्णाली प्रदेशमा साना ठूला गरेर १२ वटा अक्सिजन प्लान्टहरु तयार भएका छन् । तिमध्ये सात वटा प्लान्टबाट कुनै पनि बेला अक्सिजन उत्पादन गर्न सकिने छ । बाँकी प्लान्टहरु भने निर्माणकै चरणमा छन् । डोल्पा र सल्यान बाहेकका जिल्लामा अक्सिजन प्लान्ट छन् । महामारी फैलिएको खण्डमा डोल्पामा हवाइ माध्यमबाट र सल्यानमा मेहलकुना अस्पतालबाट अक्सिसजन आपूर्ति गर्ने तयारी गरिएको निर्देशक खड्काले जानकारी दिए ।

त्यस्तै साना ठूला गरेर २५ सय अक्सिजन सिलिन्डरहरु छन् । ति मध्ये पाँच सय सिलिन्डर भरेर राखिएको छ । यसपाली अघिल्लो महामारी जस्तो अक्सिजनको अभाव नहुने अनुमान छ । त्यस्तै नगर, जिल्ला अस्पताल सहित प्रदेशभर २७ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार केन्द्र तोकिएको छ । तर सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल प्रकारका संक्रममितको उपचार गर्न सकिन्छ ।

प्रदेश सरकारले विशेष अस्पतालका रुपमा तोकेको रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा भने जनशक्ति अभावका कारण जटिल संक्रमतिको उपचार गर्न मुस्कील छ । भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि जनशक्ति अभावका कारण सुर्खेत र जुम्लामा मात्रै जटिल संक्रमतिको उपचार सम्भव छ । त्यस्तै प्रदेश सरकारले ५० शैयामा स्तरोन्नति हुँदै गरेका सल्यान, दैलेख, मेहलकुना, कालिकोट जिल्ला अस्पताललाई पनि कोरोना उपचारका लागि तोकिएको छ ।

कर्णालीमा स्वास्थ्यकर्मीको त हाहाकार नै छ । जम्मा आठसय ८७ जना स्वास्थ्यकर्मीको स्वीकृत दरबन्दी मध्ये ६५ प्रतिशत अर्थात तीनसय सात जना कार्यरत छन् । अहिले पनि पाँचसय ८१ जनाको दरबन्दी रित्त छ । जसमध्ये पनि माथिल्लो तहको जनशक्तिको बढी अभाव छ । एकसय ३३ जना चिकित्सकको दरबन्दी रहेको कर्णालीमा २८ जना मात्र कार्यरत छन् ।

दरबन्दी अनुसारका चिकित्सक नहुँदा ९२ जनालाई करारमा नियुक्त गरेर काम चलाइएको छ । त्यस्तै एकसय ५७ जना नर्सिङको दरबन्दीमा ७९ जनामात्र कार्यरत छन् । कोरोना महामारीकै बेला ७६ जना नर्सिङहरु करारमा राखिएको छ । पुनः कोरोना संक्रमण बढ्न थालेपछि प्रदेश सरकारले चिकित्सकसहित एकसय ५० जना स्वास्थ्यकर्मी करारमा भर्ना लिन थालेको छ ।


प्रकाशित : २०७८ माघ ११, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •